Online Bichar
शुक्रबार, मंसिर ०५, २०८३ | Friday, November 20, 2026

झापा, २५ असार २०७८ । देशभर आज २ हजार २ सय ३९ संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट ६ हजार ६ सय ५७ र एन्टिजेन परिक्षणबाट ४ हजार ६ सय ५६ जना गरि ११ हजार ३ सय १३ जनामा कोरोना परिक्षण गर्दा कुल २ हजार २ सय ३९ संक्रमित थप भएको हो । जसमा पीसीआर परिक्षणबाट १ हजार ४ सय ७९ र एन्टिजेन परिक्षणबाट ७ सय ६० जनामा संक्रमण देखिएको छ ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ६ लाख ५२ हजार ८ सय ५९ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट ४२ हजार २ सय २९ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ६ लाख ९५ हजार ८८ पुगेको जनाइएको छ । पछिल्लो २४ घण्टामा १ हजार ३ सय १६ संक्रमित निको भएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ६ लाख १६ हजार ९ सय २९ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ९४.५ प्रतिशत पुगेको छ ।

यस्तै, आजसम्म पीसीआर विधिबाट ३४ लाख ३ हजार ४ सय १० जना र एन्टिजेन परिक्षणबाट २ लाख २७ हजार २ सय ७ जनाको कोरोना परीक्षण गरिएको छ ।

यस्तै, होम आइसोलेसनमा २३ हजार ९ सय २० जना रहेका छन् । संस्थागत आइसोलेसनमा २ हजार ६ सय ७० जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ५ सय ३९ जना आई.सी.युमा र १ सय ६६ जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित ९ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा २४ जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज २० जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार ३ सय ४० पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५८ र निजी ३८ गरि ९६ वटा प्रयोगशालाहरु रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments