Online Bichar
शुक्रबार, मंसिर ०५, २०८३ | Friday, November 20, 2026

काठमाडौं, २३ असार २०७८ । काठमाडौंस्थित नर्भिक इन्टरनेसनल अस्पतालले वंशाणुगत रोग पत्ता लगाउने प्रि–जेनेटिक डाइग्नोसिससहितको ल्याब (प्रयोगशाला) बुधबारदेखि सुरु गरेको छ ।

विभिन्न कारणले सन्तान नभएकाहरुका लागि सुरु गरिएको यस ल्याबले स्वस्थ भ्रुणको पहिचान गरि वंशाणुगत रोगबाट वचाउन सक्ने अस्पतालले जनाएको छ ।

मानिसको शरीरमा कुनै वंशाणुगत रोग छ कि छैन् भन्ने पत्ता लगाउन सकिने यस ल्याव नेपालको पहिलो भएको अस्पताले जनाएको छ ।

वंशाणुगत रोग छ कि छैन् भन्ने पहिचानका लागि भारत जान पर्ने बाध्यता हटेको स्त्रीरोग विशेषज्ञ डा। नुतन शर्माले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments