Online Bichar
शुक्रबार, बैशाख २१, २०८१ | Friday, May 3, 2024

झगेन्द्र खड्का
गौरीगंज, २२ असार २०७८ । गौरीगंज गाउँपालिकाको नवौ गाउँसभामा प्रस्तावित नीति, वजेट तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ ।असार १० गते नवौ गाउँसभा शुभारम्भ भएको गाउँपालिकाको पटक-पटक बसेको वैठक पश्चात् सोमवार नीति, वजेट तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो ।गौरीगंज गाउँपालिकाको नवौं गाउँसभाबाट आर्थिक वर्ष २०७८/०७९ को लागि ४६ करोड ३४ लाख ७४ हजार ३ सय ७० रुपैयाँको कुल वजेट प्रस्ताव गरिएको थियो ।जसमध्ये १ करोड ५८ लाख ७५ हजार ६ सय ३० रुपैयाँ घाटा वजेट प्रस्तुत गरिएको थियो ।

गाउँसभामा दुईजनालाई सम्मान

नवौ गाउँसभाको समापन कार्यक्रममा गाउँपालिकामा उत्कृष्ट कार्य गर्ने दुई जनालाई नगद सहित दोसल्ला ओढाएर सम्मान गरेको छ । सोमवार नवौ गाउँसभाको समापन नजिक पुगेको कार्यक्रममा स्वास्थ्यकर्मी सुमित्रा गुरूङ्ग ‘सुमी’ र निर्माण व्यवसायी ध्रुव कुमार उप्रेतीलाई गाउँपालिकाले सम्मान गरेको हो । गौरीगंज गाउँपालिका अन्तर्गत गौरीगंज प्राथमिक स्वास्थ्य केन्द्र खजुरगाछीको ल्याव टेक्निसियनको रूपमा कार्यरत सुमित्रालाई नगद १५ हजार सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो। गाउँपालिका का अध्यक्ष बाबुराजा श्रेष्ठ, उपाध्यक्ष दिपिन्द्र थापा, प्रमुख प्रशासकिय अधिकृत राजु दाहाल लगायतले नगद, प्रमाणपत्र र दोसल्ला ओढाई अविर लगाएर सम्मान गरेका थिए ।

गौरीगंज गाउँपालिका वडा नं.६ मा रहेको गौरीगंज खजुरगाछी प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याव टेक्निसियनको रूपमा करिब ४ बर्षदेखि कार्यरत गुरुङ कोरोना संक्रमणको प्रभाव गौरीगंजमा देखिएपछि पीसीआर परिक्षणका लागि स्वाव संकलन गर्ने कार्यमा अग्रपंक्तिमा खटिएकी थिइन।त्यसैगरी गाउँपालिकाले समता कन्ट्रक्सन प्राली विर्तामोडका प्रोपाईटर ध्रुवकुमार उप्रेतीले विकास निर्माण योजना निर्धारित समयमै सम्पन्न गरि गाउँपालिकाको विकास निर्माणमा सहयोग पुर्याएको भन्दै सम्मान गरेको छ।

 

तपाईको प्रतिक्रिया