Online Bichar
शुक्रबार, मंसिर ०५, २०८३ | Friday, November 20, 2026

गौरादह, २० असार २०७८ । झापाको गौरादहमा आज ५ जना कोरोना संक्रमित थपिंदा एकैदिन ४३ जना संक्रमित डिस्चार्ज भएका छन् । पीसीआर परिक्षणबाट २ जना र रेपिड एन्टिजेन परिक्षणबाट ३ गरि ५ जना संक्रमित थप भएका हुन् ।  ५ जना संक्रमित थपिएसँगै गौरादहमा कोरोना संक्रमणको दोस्रो लहर देखा परेसँगै संक्रमित हुनेको संख्या ३ सय २४ पुगेको गौरादह नगर स्वास्थ्य शाखाले जनाएको छ ।

यस्तै, आज ४३ जना कोरोना संक्रमितका बिरामी निको भएर डिस्चार्ज भएसँगै दोस्रो लहरको संक्रमण देखिएसँगै संक्रमित भई निको भएर डिस्चार्ज हुनेको संख्या २ सय १५ पुगेको जनाइएको छ । कोरोना संक्रमित भएर होम आइसोलेसनमा बस्नेको संख्या ९४ पुगेको छ । कोरोना संक्रमणका कारण बिरामी भई विभिन्न हस्पिटलको आइसोलेसनमा ७ जना संक्रमित उपचाररत रहेका छन् ।

गौरादह नगरपालिकाको जुरोपानीको आइसोलेसनमा १ जना संक्रमित रहेका छन् । दोस्रो लहरको भेरियन्ट देखिएसँगै सक्रिय संक्रमितको संख्या १ सय २ पुगेको छ । ३५ वडा बेड रहेको आइसोलेसनमा १४ वटा अक्सिजन सिलिन्डर तयारी अवस्थामा रहेको जनाइएको छ । आज सम्म पीसीआर परिक्षणबाट १ सय ४० जनाको र रेपिड एन्टिजेन परिक्षणबाट ६ सय ६७ जनाको कोरोना जाच गरिएको जनाइएको छ । दोस्रो लहरको कोरोना संक्रमण देखिएसँगै गौरादहमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ महिला र ४ पुरुष गरि ७ पुगेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments