Online Bichar
शुक्रबार, मंसिर ०५, २०८३ | Friday, November 20, 2026

झापा, २० असार २०७८ । देशभर पछिल्लो २४ घण्टामा १ हजार ६ सय ३ संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट ४ हजार ७ सय ८६ र एन्टिजेन परिक्षणबाट ३ हजार २ सय ५६ जना गरि ८ हजार १ सय ३२ जनामा कोरोना परिक्षण गर्दा कुल १ हजार ६ सय ३ संक्रमित थप भएको हो । जसमा पीसीआर परिक्षणबाट १ हजार ४२ र एन्टिजेन परिक्षणबाट ५ सय ६१ जनामा संक्रमण देखिएको छ ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ६ लाख ४४ हजार ६ सय २२ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट ३८ हजार १ सय १७ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ६ लाख ८२ हजार ७ सय ३९ पुगेको जनाइएको छ । एकैदिन २ हजार ५ सय ५२ संक्रमित निको भएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ६ लाख ९ हजार २ सय १८ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ९४.५ प्रतिशत पुगेको छ ।

यस्तै, आजसम्म पीसीआर विधिबाट ३३ लाख ६८ हजार ५ सय ४२ जना र एन्टिजेन परिक्षणबाट २ लाख ४ सय २ सय ४८ जनाको कोरोना परीक्षण गरिएको छ ।

यस्तै, होम आइसोलेसनमा २३ हजार २ सय २८ जना रहेका छन् । संस्थागत आइसोलेसनमा २ हजार ९ सय ५१ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ६ सय ८ जना आई।सी।युमा र १ सय ८१ जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित ९ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा २५ जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज २७ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार २ सय २५ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५८ र निजी ३८ गरि ९६ वटा प्रयोगशालाहरु रहेका छन् ।

 

 

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments