गौरादह, १७ असार २०७८ । झापाको गौरादहमा आज ३ जना संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट १ जना र रेपिड एन्टिजेन परिक्षणबाट २ गरि ३ जना संक्रमित थप भएका हुन् । एकैदिन ३ जना संक्रमित थपिएसँगै गौरादहमा कोरोना संक्रमणको दोस्रो लहर देखा परेसँगै संक्रमित हुनेको संख्या ३ सय १९ पुगेको गौरादह नगर स्वास्थ्य शाखाले जनाएको छ ।
आज ३ जना कोरोना संक्रमितका बिरामी निको भएर डिस्चार्ज भएका छन् । यो सँगै दोस्रो लहरको संक्रमण देखिएसँगै संक्रमित भई निको भएर डिस्चार्ज हुनेको संख्या १ सय ७३ पुगेको जनाइएको छ । यस्तै, कोरोना संक्रमित भएर होम आइसोलेसनमा बस्नेको संख्या १ सय २८ पुगेको छ । कोरोना संक्रमणका कारण बिरामी भई विभिन्न हस्पिटलको आइसोलेसनमा १० जना संक्रमित उपचाररत रहेका छन् । गौरादह नगरपालिकाको जुरोपानीको आइसोलेसनमा १ जना संक्रमित रहेका छन् । दोस्रो लहरको भेरियन्ट देखिएसँगै सक्रिय संक्रमितको संख्या १ सय ३९ पुगेको छ । ३५ वडा बेड रहेको आइसोलेसनमा १४ वटा अक्सिजन सिलिन्डर तयारी अवस्थामा रहेको जनाइएको छ । आज सम्म पीसीआर
परिक्षणबाट १ सय ४० जनाको र रेपिड एन्टिजेन परिक्षणबाट ६ सय ५० जनाको कोरोना जाच गरिएको जनाइएको छ । दोस्रो लहरको कोरोनाको संक्रमण देखिएसँगै गौरादहमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ महिला र ४ पुरुष गरि ७ पुगेको जनाइएको छ ।






