Online Bichar
शुक्रबार, मंसिर ०५, २०८३ | Friday, November 20, 2026

झापा, १७ असार २०७८ । देशभर पछिल्लो २४ घण्टामा २ हजार ७ सय ६० संक्रमित थपिंदा एकैदिन ४ हजार १७ जना संक्रमित निको भएका छन् । पीसीआर परिक्षणबाट ७ हजार १ सय ३० र एन्टिजेन परिक्षणबाट ३ हजार ८ सय ५५ जना गरि १० हजार ९ सय ८५ जनामा कोरोना परिक्षण गर्दा कुल २ हजार ७ सय ६० संक्रमित थप भएको हो । जसमा पीसीआर परिक्षणबाट १ हजार ८ सय ५७ र एन्टिजेन परिक्षणबाट ९ सय ३ जनामा संक्रमण देखिएको छ ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ६ लाख ४० हजार ६ सय ६२ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट ३५ हजार ८ सय ४७ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ६ लाख ७६ हजार ५ सय ९ पुगेको जनाइएको छ । एकैदिन ४ हजार १७ संक्रमित निको भएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ६ लाख १ सय ४९ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ९३.७ प्रतिशत पुगेको छ ।

यस्तै, आजसम्म पीसीआर विधिबाट ३३ लाख ५१ हजार २ सय ६३ जना र एन्टिजेन परिक्षणबाट १ लाख ९२ हजार ६ सय ६६ जनाको कोरोना परीक्षण गरिएको छ ।

यस्तै, होम आइसोलेसनमा २८ हजार ३ सय ७४ जना रहेका छन् । संस्थागत आइसोलेसनमा २ हजार ९ सय ९४ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ६ सय २९ जना आई।सी।युमा र १ सय ८१ जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित १५ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा २८ जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज ३३ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार १ सय ४५ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५८ र निजी ३८ गरि ९६ वटा प्रयोगशालाहरु रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments