Online Bichar
शुक्रबार, मंसिर ०५, २०८३ | Friday, November 20, 2026

झापा, १५ असार २०७८ । मुलुकभर आज २ हजार ६ सय ३६ संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट ७ हजार २ सय ५९ र एन्टिजेन परिक्षणबाट ४ हजार ४ सय ८९ जना गरि ११ हजार ७ सय ४८ जनामा कोरोना परिक्षण गर्दा कुल २ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । जसमा पीसीआर परिक्षणबाट १ हजार ७ सय २८ र एन्टिजेन परिक्षणबाट ९ सय ८ जनामा संक्रमण देखिएको छ ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ६ लाख ३६ हजार ९ सय १६ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट ३३ हजार ९ सय ४१ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ६ लाख ७० हजार ८ सय ५७ पुगेको जनाइएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ४८ संक्रमित निको भएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ५ लाख ९२ हजार ५ सय ३५ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ९३ प्रतिशत पुगेको छ ।

यस्तै, आजसम्म पीसीआर विधिबाट ३३ लाख ३६ हजार ९ सय ४६ जना र एन्टिजेन परिक्षणबाट १ लाख ८४ हजार ४ सय ३० जनाको कोरोना परीक्षण गरिएको छ ।

यस्तै, होम आइसोलेसनमा ३२ हजार ३ सय ४९ जना रहेका छन् । संस्थागत आइसोलेसनमा २ हजार ९ सय ६१ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ६ सय ४९ जना आई.सी.युमा र १ सय ८४ जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित २० जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा २७ जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज २० जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार ७१ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५८ र निजी ३८ गरि ९६ वटा प्रयोगशालाहरु रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments