Online Bichar
शुक्रबार, मंसिर ०५, २०८३ | Friday, November 20, 2026

गौरादह, १४ असार २०७८ । झापाको गौरादहमा आज एकै वडाका ९ सहित ११ जना संक्रमित थप भएका छन् । एन्टिजेन परिक्षणबाट ११ कोरोना संक्रमित थप भए मध्ये ५ जना बालबालिका रहेका छन् ।

संक्रमितहरु गौरादह-३ डिपुचौकका ८९ वर्षिय पुरुष र ८२ वर्षिया महिला, वडा नं. ५ चप्रामारीका १०,९,४० वर्षिय पुरुष र ३३,१३,६,२७,४६,१५ वर्षिया महिला रहेका छन् । एकैदिन ११ जना संक्रमित थपिएसँगै गौरादहमा कोरोना संक्रमणको दोस्रो लहर देखा परेसँगै संक्रमित हुनेको संख्या ३ सय १५ पुगेको गौरादह नगर स्वास्थ्य शाखाका सहसंयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

आज २ जना कोरोना संक्रमितका बिरामी निको भएर डिस्चार्ज भएका छन् । यो सँगै दोस्रो लहरको संक्रमण देखिएसँगै संक्रमित भई निको भएर डिस्चार्ज हुनेको संख्या १ सय ६६ पुगेको जनाइएको छ । यस्तै, कोरोना संक्रमित भएर होम आइसोलेसनमा बस्नेको संख्या १ सय २५ पुगेको छ । कोरोना संक्रमणका कारण बिरामी भई विभिन्न हस्पिटलको आइसोलेसनमा १३ जना संक्रमित उपचाररत रहेका छन् ।

गौरादह नगरपालिकाको जुरोपानीको आइसोलेसनमा ४ जना संक्रमित रहेका छन् । दोस्रो लहरको भेरियन्ट देखिएसँगै सक्रिय संक्रमितको संख्या १ सय ४२ पुगेको छ । ३५ वडा बेड रहेको आइसोलेसनमा १४ वटा अक्सिजन सिलिन्डर तयारी अवस्थामा रहेको जनाइएको छ । आज सम्म पीसीआर परिक्षणबाट १ सय ३८ जनाको र रेपिड एन्टिजेन परिक्षणबाट ६ सय ५० जनाको कोरोना जाच गरिएको जनाइएको छ । दोस्रो लहरको कोरोनाको संक्रमण देखिएसँगै गौरादहमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ महिला र ४ पुरुष गरि ७ पुगेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments