Online Bichar
शुक्रबार, मंसिर ०५, २०८३ | Friday, November 20, 2026

गौरादह, १३ असार २०७८ । झापाको गौरादहमा आज एकै वडाका ४ सहित ६ जना कोरोना संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट २ जना र रेपिड एन्टिजेन परिक्षणबाट ४ गरि ६ जनामा संक्रमण देखिएको हो ।

संक्रमितहरु गौरादह-१ गौरिया कि ४६ वर्षिया महिला, वडा नं. २ हाँसखोराका ३२ वर्षिय पुरुष, वडा नं. ३ धोबनियाका ६२,७५,७७ वर्षिया महिला र ७५ वर्षिय पुरुष रहेका छन् । एकैदिन ६ जना संक्रमित थपिएसँगै गौरादहमा कोरोना संक्रमणको दोस्रो लहर देखा परेसँगै संक्रमित हुनेको संख्या ३ सय ४ पुगेको गौरादह नगर स्वास्थ्य शाखाका सहसंयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो । दोस्रो लहरको संक्रमण देखिएसँगै संक्रमित भई निको भएर डिस्चार्ज हुनेको संख्या १ सय ६४ पुगेको जनाइएको छ ।

यस्तै, कोरोना संक्रमित भएर होम आइसोलेसनमा बस्नेको संख्या १ सय १४ पुगेको छ । कोरोना संक्रमणका कारण बिरामी भई विभिन्न हस्पिटलको आइसोलेसनमा १५ जना संक्रमित उपचाररत रहेका छन् । गौरादह नगरपालिकाको जुरोपानीको आइसोलेसनमा ४ जना संक्रमित रहेका छन् । दोस्रो लहरको भेरियन्ट देखिएसँगै सक्रिय संक्रमितको संख्या १ सय ३३ पुगेको छ । ३५ वडा बेड रहेको आइसोलेसनमा १४ वटा अक्सिजन सिलिन्डर तयारी अवस्थामा रहेको जनाइएको छ । आज सम्म पीसीआर परिक्षणबाट १ सय ३८ जनाको र रेपिड एन्टिजेन परिक्षणबाट ६ सय ३३ जनाको कोरोना जाच गरिएको जनाइएको छ । दोस्रो लहरको कोरोनाको संक्रमण देखिएसँगै गौरादहमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ महिला र ४ पुरुष गरि ७ पुगेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments