Online Bichar
सोमबार, जेठ ११, २०८३ | Monday, May 25, 2026

झापा, १३ असार २०७८ । मुलुकभर आज १ हजार ९ सय २० संक्रमित थपिंदा पछिल्लो २४ घण्टामा ३ हजार ७ संक्रमित निको भएका छन् । पीसीआर परिक्षणबाट ६ हजार र एन्टिजेन परिक्षणबाट ३ हजार ८ सय ३६ जना गरि ९ हजार ८ सय ३६ जनामा कोरोना परिक्षण गर्दा कुल १ हजार ९ सय २० जनामा कोरोना संक्रमण पुष्टी भएको हो । जसमा पीसीआर परिक्षणबाट १ हजार ३ सय ५३ र एन्टिजेन परिक्षणबाट ५ सय ६७ जनामा संक्रमण देखिएको छ ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ६ लाख ३३ हजार ६ सय ७९ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट ३२ हजार ९८ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ६ लाख ६५ हजार ७ सय ७७ पुगेको जनाइएको छ । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ५ लाख ८४ हजार ३ सय ३४ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ९२.२ प्रतिशत पुगेको छ ।

यस्तै, आजसम्म पीसीआर विधिबाट ३३ लाख २३ हजार ३९ जना र एन्टिजेन परिक्षणबाट १ लाख ७४ हजार ९ सय ४९ जनाको कोरोना परीक्षण गरिएको छ ।

यस्तै, होम आइसोलेसनमा ३७ हजार ४ सय ८९ जना रहेका छन् । संस्थागत आइसोलेसनमा २ हजार ८ सय ४७ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ७ सय ६ जना आई.सी.युमा र २ सय भेन्टिलेटरमा रहेका छन् ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित २५ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा ३० जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज ३४ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार ९ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५८ र निजी ३८ गरि ९६ वटा प्रयोगशालाहरु रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments