Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

झापा, १० असार २०७८ । मुलुकभर आज २ हजार ४ सय ७४ संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट ७ हजार २ सय ३५ र एन्टिजेन परिक्षणबाट ४ हजार ९ सय ९७ जना गरि १२ हजार २ सय ३२ जनामा कोरोना परिक्षण गर्दा कुल २ हजार ४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । जसमा पीसीआर परिक्षणबाट १ हजार ५ सय ७७ र एन्टिजेन परिक्षणबाट ८ सय ९७ जनामा संक्रमण देखिएको छ ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ६ लाख २९ हजार ४ सय ३१ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट २९ हजार ९ सय ३४ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ६ लाख ५९ हजार ३ सय ६५ पुगेको जनाइएको छ । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ५ लाख ७० हजार ९ सय ५८ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ९०.७ प्रतिशत पुगेको छ ।

यस्तै, आजसम्म पीसीआर विधिबाट ३३ लाख २ हजार ७ सय ४९ जना र एन्टिजेन परिक्षणबाट १ लाख ६१ हजार ५ सय ४२ जनाको कोरोना परीक्षण गरिएको छ ।

यस्तै, होम आइसोलेसनमा ४६ हजार ५ सय २ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ३ हजार ५३ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ७ सय ३६ जना आई.सी.युमा र २ सय ७ जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित ३६ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा १९ जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज २४ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ९ सय १८ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५८ र निजी ३८ गरि ९६ वटा प्रयोगशालाहरु रहेका छन् ।

 

तपाईको प्रतिक्रिया