कस्तो युग आयो लौन आफन्त नै टाढा हजुर
महामारी बिपत्तिले पराइ भए सारा हजुर ।
कोल्टे फेर्ने दिन कुर्दै बसेको छु समयको,
संसारलाई नै देखाइदियो बिचित्रको पारा हजुर ।
थाहा छैन के हुने हो, दुई दिनको जीवन यो
चलाउनु छ आफू भित्रै चेतनाका नारा हजुर ।
निभ्न खोज्दै बलेको छ, दुखेको यो दुःखी मन,
मलम पट्टी पर्ने ठाँउमा, चलेको छ आरा हजुर।
संसारलाई नै देखाइदियो बिचित्रको पारा हजुर
कस्तो युग आयो लौन आफन्त नै टाढा हजुर ।
रमेश रपाल