Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

बारा, ५ असार २०७८ । बाराको जगदम्बा कारखानामा आगलागी हुँदा दुई भारतीय मजदुरको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् । जीतपुरसिमरास्थित जगदम्बा स्टील्समा शनिबार राति पेट्रोल र डजेल भण्डारण गर्ने ट्यांकी वेल्डिङ गरिरहँदा आगलगी भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रकाअनुसार भारत विहार पश्चिम चम्पारणका ४० वर्षीय प्रदीप गौड र ४५ वर्षीय रामनाथ महतोको घटनास्थलमै मृत्यु भएको छ ।

घाइतेहरुको उपचार वीरगन्जको तराई अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलमा रहेका ६ मजदुरमध्ये एक जना सुरक्षित रहेको उनले बताए ।

आगलगीबाट भट्टीमा क्षति भएपनि प्राविधिक अभावले क्षति विवरण एकिन हुन नसकेको उनको भनाइ छ । अहिले आगलागी नियन्त्रणामा आइसकेको बताइएको छ ।कान्तिपुरबाट साभार

तपाईको प्रतिक्रिया