Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

गौरादह,२८ जेठ २०७८ । झापामा आज सबैभन्दा बढि कोरोना संक्रमितका बिरामी निको भएर डिस्चार्ज भएका छन् । दोस्रो लहरको कोरोना संक्रमण देखिएसँगै एकैदिन १ हजार ४ सय ७ जना संक्रमितले कोरोना जितेका हुन् । यो सँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ९ हजार ७१ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा १ सय २६ संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट ८९ र एन्टिजेन परिक्षणबाट ३७ गरि कुल १ सय २६ जना संक्रमित थप भएको हो । २ सय ४१ जनाको पीसीआर र ७९ जनाको एन्टिजेन परिक्षण गर्दा कुल ३ सय २० जनाको कोरोना परिक्षण गरिएको जनाइएको छ । पीसीआर परीक्षणबाट ४८ महिला र ४१ पुरुष गरि ८९ जनामा संक्रमण पुष्टी भएको छ भने, एन्टिजेन परीक्षणबाट २१ महिला र १६ पुरुष गरि ३७ जनामा संक्रमण देखिएको छ । यो सँगै झापामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १२ हजार ७२ पुगेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।

पीसीआर परिक्षणबाट संक्रमित हुनेहरुमा दमकका २ महिला र ५ पुरुष, बिर्तामोडका १० महिला र ७ पुरुष, गौरादहका १ पुरुष, मेचिनगरका २ महिला र २ पुरुष, भद्रपुरका ५ महिला र ३ पुरुष, कन्काईका ४ महिला र ५ पुरुष, हल्दिबारीका १० महिला र ५ पुरुष, अर्जुनधाराका ३ महिला र ५ पुरुष, बुद्धशान्तिका ३ पुरुष, गौरिगन्जका १ महिला, कचनकवलका १ महिला, कमलका २ महिला र २ पुरुष, शिवसतासीका ५ महिला र २ पुरुष, बाह्रदशीका १ महिला र १ पुरुष, झापाका १ महिला र १ पुरुष छन् ।

यस्तै, एन्टिजेन परीक्षणबाट बिर्तामोडका १ महिला र २ पुरुष, अर्जुनधाराका १४ महिला र ४ पुरुष, बुद्धशान्तिका ३ महिला र ५ पुरुष, कचनकवलका २ महिला र ३ पुरुष, शिवसतासीका १ पुरुष, र झापाका १ महिला र १ पुरुष रहेका छन् । हालसम्म कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या २ हजार ६ सय ८२ पुगेको जनाइएको छ ।

यस्तै, झापामा कोरोना संक्रमणबाट २ जना पुरुषको पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु भएको छ । यो सँगै पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु हुनेको संख्या २ सय ४५ पुगेको छ । यस्तै, एन्टिजेन परिक्षणबाट २ महिला र १ पुरुषको मृत्यु भएको छ । यो सँगै एन्टिजेन परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु हुनेको संख्या ४८ पुगेको छ । यो सँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २ सय ९३ पुगेको जनाइएको छ ।

अहिलेसम्म एन्टिजेन परिक्षणबाट १ हजार ४ सय १६ जनाको कोरोना पोजेटिभ पुष्टी भएको छ । यस्तै, हालसम्म ५३ हजार ८९ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments