Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

गौरादह,२५ जेठ २०७८ । झापामा आज २ सय ७६ संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट २ सय २८ र एन्टिजेन परिक्षणबाट ४८ जना गरि कुल २ सय ७६ जना संक्रमित थप भएको हो । ४ सय २५ जनाको पीसीआर र १ सय १२ जनाको एन्टिजेन परिक्षण गर्दा कुल ५ सय ३७ जनाको कोरोना परिक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो । पीसीआर परीक्षणबाट ९७ महिला र १ सय ३१ पुरुष गरि २ सय २८ जनामा संक्रमण पुष्टी भएको छ भने, एन्टिजेन परीक्षणबाट १८ महिला र ३० पुरुष गरि ४८ जनामा संक्रमण देखिएको छ ।

पीसीआर परिक्षणबाट संक्रमित हुनेहरुमा दमकका १४ महिला र १३ पुरुष, बिर्तामोडका १० महिला र २५ पुरुष, गौरादहका १ पुरुष, मेचिनगरका २६ महिला र २४ पुरुष, भद्रपुरका २३ महिला र ३१ पुरुष, कन्काईका ४ महिला र ५ पुरुष, हल्दिबारीका १ महिला र ५ पुरुष, अर्जुनधाराका ६ महिला र ११ पुरुष, बुद्धशान्तिका २ महिला र ३ पुरुष, गौरिगन्जका १ पुरुष, कचनकवलका १ महिला र ४ पुरुष, कमलका ३ महिला र २ पुरुष, शिवसतासीका ७ महिला र ३ पुरुष, झापाका १ पुरुष, ठेगाना नखुलेका २ जना पुरुष रहेका छन् ।

यस्तै, एन्टिजेन परीक्षणबाट बिर्तामोडका ४ महिला र ५ पुरुष, गौरादहका ६ महिला र ८ पुरुष, मेचिनगरका १ पुरुष, हल्दिबारीका ५ महिला र ७ पुरुष, बुद्धशान्तिका २ महिला र ९ पुरुष, शिवसतासीका १ महिला रहेका छन् । यो सँगै झापामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ११ हजार ७ सय ८३ पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।
यस्तै, २४ घण्टामा १ सय ५६ जना संक्रमित निको भएर डिस्चार्ज भएसँगै हालसम्म कोरोना संक्रमित भई निको भएर ७ हजार २ सय ४९ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ४ हजार २ सय २६ पुगेको जनाइएको छ ।

यस्तै, झापामा कोरोना संक्रमणबाट दमकका-४ कि ५८ वर्षिया महिला, बुद्धशान्तिका ५२ वर्षिया महिला, शिवसतासी-४ का ६७ वर्षिय पुरुष, भद्रपुर-१ का ४९ वर्षिय पुरुष र मेचीनगर-२ का ४३ वर्षिय पुरुष गरि ५ जनाको पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु भएको छ । यो सँगै पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु हुनेको संख्या २ सय ३५ पुगेको छ । यस्तै, एन्टिजेन परिक्षणबाट दमक२ का ५७ वर्षिया महिलाको मृत्यु भएको छ । यो सँगै एन्टिजेन परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु हुनेको संख्या ४३ पुगेको छ । यो सँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २ सय ७८ पुगेको जनाइएको छ ।

अहिलेसम्म एन्टिजेन परिक्षणबाट १ हजार ३ सय २ जनाको कोरोना पोजेटिभ पुष्टी भएको छ । यस्तै, हालसम्म ५२ हजार ३ सय ४५ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments