Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

गौरादह,२२ जेठ २०७८ । झापामा आज १ सय ५४ जना संक्रमित थपिएका छन्। पीसीआर परिक्षणबाट १ सय १९ जना र एन्टिजेन परिक्षणबाट ३५ जना गरि १ सय ५४ जना संक्रमित थप भएको हो । जसमध्ये पीसीआर परीक्षणबाट ६४ महिला र ५५ पुरुष गरि १ सय १९ जनामा संक्रमण पुष्टी भएको छ भने, एन्टिजेन परीक्षणबाट २० महिला र १५ पुरुष गरि ३५ जनामा संक्रमण देखिएको छ । आज ४ सय ४२ जनाको पीसीआर र १ सय ५८ जनाको एन्टिजेन परिक्षणबाट गरि कुल ६ सय जनाको कोरोना परिक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।

पीसीआर परीक्षणबाट संक्रमित भएकाहरुमा दमकका १६ महिला र २१ पुरुष, बिर्तामोडका ७ महिला र २ पुरुष, गौरादहमा १ पुरुष, मेचिनगरका ३ महिला र ५ पुरुष, भद्रपुरका ६ महिला र ४ पुरुष, कन्काईका ४ महिला र ४ पुरुष, हल्दिबारीका २ पुरुष, अर्जुनधाराका ६ महिला र २ पुरुष, बुद्धशान्तिका १ पुरुष, कमलका ३ महिला र २ पुरुष, शिवसतासीका ५ महिला र २ पुरुष, बाह्रदशीका ६ महिला र २ पुरुष , झापाका ३ महिला, ठेगाना नखुलेका २ पुरुषमा संक्रमण पुष्टी भएको छ।

यस्तै, एन्टिजेन परीक्षणबाट गौरादहका १ महिला र १ पुरुष, हल्दिबारीका ८ महिला र ८ पुरुष, अर्जुनधाराका ९ महिला र ७ पुरुष, बुद्धशान्तिका २ महिलामा संक्रमण देखिएको हो । यो सँगै झापामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ११ हजार ३ सय ७८ पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।

यस्तै, २४ घण्टामा २ सय ३ जना संक्रमित निको भएर डिस्चार्ज भएसँगै हालसम्म कोरोना संक्रमित भई निको भएर ६ हजार ७ सय ४८ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ४ हजार ३ सय २७ पुगेको जनाइएको छ ।

यस्तै, झापामा कोरोना संक्रमणबाट आज बिर्तामोडकि ५६ वर्षिया महिला, अर्जुनधाराका ६० वर्षिय पुरुष, भद्रपुरका ८४ वर्षिय पुरुष र दमकका २७ वर्षिय पुरुष गरी ४ जनाको पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु भएको छ । यो सँगै पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु हुनेको संख्या २ सय २५ पुगेको छ । यस्तै, एन्टिजेन परिक्षणबाट बिर्तामोडका ८५ वर्षिय पुरुष, उर्लाबारी(लाइफलाइन)६० वर्षिय पुरुष र बाह्रदशीका ५४ वर्षिय पुरुष गरी ३ जनाको मृत्यु भएसँगै कोरोना पुष्टी भएर ३७ गरि हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ६२ पुगेको जनाइएको छ ।

अहिलेसम्म एन्टिजेन परिक्षणबाट १ हजार १ सय १८ जनाको कोरोना पोजेटिभ पुष्टी भएको छ । यस्तै, हालसम्म ५१ हजार ४ सय १५ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments