झापा,२२ जेठ २०७८ । देशभर आज पछिल्लो २४ घण्टामा ५ हजार ४२ जना संक्रमित थपिंदा ८ हजार २ सय ४३ जना कोरोना मुक्त भएका छन् । पीसीआर परिक्षणबाट ३ हजार ५ सय ४० र एन्टिजेन परिक्षणबाट १ हजार ५ सय २ जनाको गरि ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ५ लाख ८५ हजार १ सय पुगेको छ भने, एन्टिजेन परिक्षणबाट १३ हजार १ सय ४ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको संख्या ५ लाख ९८ हजार २ सय ४ पुगेको जनाइएको छ । यस्तै, एकैदिन ८ हजार २ सय ४३ जना डिस्चार्ज हुँदा नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ४ लाख ८४ हजार ३ सय ७३ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ८२.८ प्रतिशत पुगेको छ ।
यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ११ हजार ४ सय ७१ र एन्टिजेन परिक्षणबाट ५ हजार ३ सय ४३ जना गरि कुल १६ हजार ८ सय १४ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट ३१ लाख ३२ हजार ५ सय ९१ जना र एन्टिजेन परिक्षणबाट ६६ हजार ६ सय ८९को नमुना परीक्षण गरिएको छ । जसमा सरकारी बाट १९ लाख १९ हजार ७ सय १२ जनाको र निजी बाट १२ लाख १२ हजार ८ सय ७९ जनाको पीसीआर परीक्षण गरिएको जनाइएको छ ।
यस्तै, होम आइसोलेसनमा ८६ हजार २ सय ६८ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ६ हजार ६ सय ६० जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले १ हजार ४ सय ५१ जना आई.सी.युमा र ३ सय ८४ जना भेन्टिलेटरमा रहेका छन् ।
यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित ४६ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा १४ जिल्ला रहेका छन् ।
यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज ६८ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ हजार ७ सय ९९ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल सरकारी ५७ र निजी ३६ गरि ९३ वटा पीसीआर परीक्षण प्रयोगशालाहरु सञ्चालनमा रहेका छन् ।






