गौरादह,२१ जेठ २०७८ । झापामा आज २ सय ८५ जना संक्रमित थपिएका छन्। पीसीआर परिक्षणबाट २ सय १६ जना र एन्टिजेन परिक्षणबाट ६९ जना गरि २ सय ८५ जना संक्रमित थप भएको हो । जसमध्ये पीसीआर परीक्षणबाट ९२ महिला र १ सय २४ पुरुष गरि २ सय १६ जनामा संक्रमण पुष्टी भएको छ भने, एन्टिजेन परीक्षणबाट ३३ महिला र ३६ पुरुष गरि ६९ जनामा संक्रमण देखिएको छ । आज ४ सय ७५ जनाको पीसीआर र २ सय ४० जनाको एन्टिजेन परिक्षणबाट गरि कुल ७ सय १५ जनाको कोरोना परिक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।
पीसीआर परीक्षणबाट संक्रमित भएकाहरुमा दमकका ६ महिला र ५ पुरुष, बिर्तामोडका १४ महिला र २३ पुरुष, गौरादहमा १ पुरुष, मेचिनगरका २८ महिला र २८ पुरुष, भद्रपुरका ५ महिला र ७ पुरुष, कन्काईका ११ महिला र १३ पुरुष, हल्दिबारीका ६ महिला र ११ पुरुष, अर्जुनधाराका ३ महिला र १३ पुरुष, बुद्धशान्तिका ३ महिला र ४ पुरुष, कमलका ३ महिला र १ पुरुष, शिवसतासीका १० महिला र १६ पुरुष, बाह्रदशीका ३ महिला र १ पुरुष , झापाका १ पुरुष, ठेगाना नखुलेका ४ महिला र २ पुरुषमा संक्रमण पुष्टी भएको छ।
यस्तै, एन्टिजेन परीक्षणबाट बिर्तामोडका २ महिला र ३ पुरुष, गौरादहका १ महिला र १ पुरुष, मेचिनगरका ४ महिला र ४ पुरुष, भद्रपुरका १ महिला, हल्दिबारीका ३ महिला र ५ पुरुष, अर्जुनधाराका ६ महिला र २ पुरुष, बुद्धशान्तिका ७ महिला र ७ पुरुष, गौरीगन्जका २ महिला र २ पुरुष, कचनकवलका १ महिला र ४ पुरुष, कमलका ३ महिला र ७ पुरुष, शिवसतासीका १ महिला, झापाका २ महिला र १ पुरुषमा संक्रमण देखिएको हो । यो सँगै झापामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ११ हजार २ सय ६४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।
यस्तै, २४ घण्टामा ८६ जना संक्रमित निको भएर डिस्चार्ज भएसँगै हालसम्म कोरोना संक्रमित भई निको भएर ६ हजार ५ सय ४८ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ४ हजार ४ सय २० पुगेको जनाइएको छ ।
यस्तै, झापामा कोरोना संक्रमणबाट आज ७८ वर्षिय पुरुषको पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु भएको छ । यो सँगै पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु हुनेको संख्या २ सय २१ र यस्तै, एन्टिजेन परिक्षणबाट ६९ वर्षिय पुरुष र ५२ वर्षिय पुरुष गरि २ जनाको कोरोना पुष्टी भएर ३४ गरि हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ५५ पुगेको जनाइएको छ ।
अहिलेसम्म एन्टिजेन परिक्षणबाट १ हजार ८३ जनाको कोरोना पोजेटिभ पुष्टी भएको छ । यस्तै, हालसम्म ५० हजार ९ सय ७२ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको जनाइएको छ ।






