गौरादह,२० जेठ २०७८ । झापामा आज २ सय ८ जना संक्रमित थपिएका छन्। पीसीआर परिक्षणबाट १ सय ७१ जना र एन्टिजेन परिक्षणबाट ३७ जना गरि २ सय ८ जना संक्रमित थप भएको हो । जसमध्ये पीसीआर परीक्षणबाट ७२ महिला र ९९ पुरुष गरि १ सय ९९ जनामा संक्रमण पुष्टी भएको छ भने, एन्टिजेन परीक्षणबाट १६ महिला र २१ पुरुष गरि ३७ जनामा संक्रमण देखिएको छ । आज ४ सय ७७ जनाको पीसीआर र १ सय ३५ जनाको एन्टिजेन परिक्षणबाट गरि कुल ६ सय १२ जनाको कोरोना परिक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।
पीसीआर परीक्षणबाट संक्रमित भएकाहरुमा दमकका २ महिला र ६ पुरुष, बिर्तामोडका १३ महिला र १५ पुरुष, गौरादहमा १ महिला, मेचिनगरका २१ महिला र ४२ पुरुष, भद्रपुरका ६ महिला र ८ पुरुष, कन्काईका २ महिला र २ पुरुष, अर्जुनधाराका ४ महिला र ६ पुरुष, गौरिगञ्जका १० महिला र १० पुरुष, कचनकवलका १ पुरुष, कमलका १ महिला, शिवसतासीका ७ महिला र ९ पुरुष, बाह्रदशीका १ महिला , झापाका ४ पुरुष, ठेगाना नखुलेका ४ महिला र २ पुरुषमा संक्रमण पुष्टी भएको छ।
यस्तै, एन्टिजेन परीक्षणबाट बिर्तामोडका ४ महिला र ७ पुरुष, गौरादहका २ महिला र ५ पुरुष, मेचिनगरका १ महिला र १ पुरुष, कन्काईका १ महिला, अर्जुनधाराका १ महिला र १ पुरुष,बुद्धशान्तिका १ महिला, कचनकवलका २ महिला र २ पुरुष, भद्रपुरका २ महिला र १ पुरुष, हल्दिबारीका ४ महिला र ४ पुरुष, अर्जुनधाराका ५ महिला र ८ पुरुष, बुद्धशान्तिका ४ महिला, गौरिगन्जका २ महिला र ५ पुरुष, कमलका ४ महिला र ४ पुरुषमा संक्रमण देखिएको हो । यो सँगै झापामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ११ हजार ५४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।
यस्तै, २४ घण्टामा १ सय ८३ जना संक्रमित निको भएर डिस्चार्ज भएसँगै हालसम्म कोरोना संक्रमित भई निको भएर ६ हजार ४ सय ६३ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ४ हजार २ सय ९८ पुगेको जनाइएको छ ।
यस्तै, झापामा कोरोना संक्रमणबाट आज दमक कि ७० वर्षिया महिलाको पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु भएको छ । यो सँगै पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु हुनेको संख्या २ सय २० र एन्टिजेन परिक्षणबाट कोरोना पुष्टी भएर ३२ गरि हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ५२ पुगेको जनाइएको छ ।
अहिलेसम्म एन्टिजेन परिक्षणबाट १ हजार १४ जनाको कोरोना पोजेटिभ पुष्टी भएको छ । यस्तै, हालसम्म ५० हजार ५ सय २१ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको जनाइएको छ ।






