गौरादह, १९ जेठ २०७८ । झापामा आज २ सय २९ जना संक्रमित थपिएका छन्। पीसीआर परिक्षणबाट १ सय ९९ जना र एन्टिजेन परिक्षणबाट ३० जना गरि २ सय २९ जना संक्रमित थप भएको हो । जसमध्ये पीसीआर परीक्षणबाट ९१ महिला र १ सय ८ पुरुष गरि १ सय ९९ जनामा संक्रमण पुष्टी भएको छ भने, एन्टिजेन परीक्षणबाट १३ महिला र १७ पुरुष गरि ३० जनामा संक्रमण देखिएको छ । आज ४ सय ४८ जनाको पीसीआर र १ सय २० जनाको एन्टिजेन परिक्षणबाट गरि कुल ५ सय ६८ जनाको कोरोना परिक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।
पीसीआर परीक्षणबाट संक्रमित भएकाहरुमा दमकका ४० महिला र २६ पुरुष, बिर्तामोडका ८ महिला र १७ पुरुष, गौरादहमा १ महिला, मेचिनगरका ८ पुरुष, भद्रपुरका १५ महिला र १७ पुरुष, कन्काईका ६ महिला र ८ पुरुष, हल्दिबारीका २ महिला र ३ पुरुष, अर्जुनधाराका ६ महिला र ६ पुरुष, बुद्धशान्तिका १ महिला र ७ पुरुष, गौरिगञ्जका १ पुरुष, कचनकवलका १ महिला र ३ पुरुष, कमलका ३ पुरुष, शिवसतासीका ५ महिला र २ पुरुष, बाह्रदशीका २ महिला र १ पुरुष, झापाका २ महिला र १ पुरुष, ठेगाना नखुलेका २ महिला र ५ पुरुषमा संक्रमण पुष्टी भएको छ।
यस्तै, एन्टिजेन परीक्षणबाट दमकका १ महिला , बिर्तामोडका ५ महिला, गौरादहका ६ महिला र ५ पुरुष, मेचिनगरका ३ पुरुष, अर्जुनधाराका १ महिला र ८ पुरुष, भद्रपुरका २ महिला र १ पुरुष, हल्दिबारीका ४ महिला र ४ पुरुष, अर्जुनधाराका ५ महिला र ८ पुरुष, बुद्धशान्तिका ४ महिला, गौरिगन्जका २ महिला र ५ पुरुष, बाह्रदशीका १ पुरुषमा संक्रमण देखिएको हो । यो सँगै झापामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १० हजार ८ सय ९३ पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।
यस्तै, २४ घण्टामा ४२ जना संक्रमित निको भएर डिस्चार्ज भएसँगै हालसम्म कोरोना संक्रमित भई निको भएर ६ हजार २ सय ८० जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ४ हजार ३ सय २१ पुगेको जनाइएको छ ।
यस्तै, झापामा कोरोना संक्रमणबाट आज ईटहरी-११ कि ७० वर्षिया महिला, बिर्तामोड-५ कि ५५ वर्षिया महिला र भद्रपुर-८ का ५२ वर्षिय पुरुष गरी ३ जनाको पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु भएको छ । यस्तै, बिताृमोड-४ कि ६३ वर्षिया महिलाको एन्टिजेन परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु भएको छ । यो सँगै पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु हुनेको संख्या २ सय १९ र एन्टिजेन परिक्षणबाट कोरोना पुष्टी भएर ३२ गरि हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ५१ पुगेको जनाइएको छ ।
अहिलेसम्म एन्टिजेन परिक्षणबाट ९ सय ७७ जनाको कोरोना पोजेटिभ पुष्टी भएको छ । यस्तै, हालसम्म ५० हजार १६ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको जनाइएको छ ।






