झापा,१९ जेठ २०७८ । देशभर आज पछिल्लो २४ घण्टामा ५ हजार ३ सय १६ जना संक्रमित थपिएका छन् । पीसीआर परिक्षणबाट ४ हजार ५ सय २४ र एन्टिजेन परिक्षणबाट ७ सय ९२ जनाको गरि ५ हजार ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा संक्रमित हुनेको संख्या ५ लाख ७१ हजार १ सय ११ पुगेको जनाइएको छ । यस्तै, एकैदिन ७ हजार २ सय १९ जना डिस्चार्ज हुँदा नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ४ लाख ६१ हजार ५ सय ६३ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ८०.८ प्रतिशत पुगेको छ ।
यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १३ हजार ८ सय ५ र एन्टिजेन परिक्षणबाट ३ हजार ७३ जना गरि कुल १६ हजार ८ सय ७८ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट ३० लाख ८८ हजार ३ सय ७६ जनाको नमुना परीक्षण गरिएको छ । जसमा सरकारी बाट १८ लाख ८९ हजार ७ सय ३१ जनाको र निजी बाट ११ लाख ९८ हजार ६ सय ४५ जनाको पीसीआर परीक्षण गरिएको जनाइएको छ । मन्त्रालयका अनुसार हालसम्म ८ सय ३७ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।
यस्तै, देशभर सक्रिय संक्रमित भई १ लाख ४ हजार ७ सय ८९ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेसनमा ९५ हजार १ सय ३१ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ६ हजार ८ सय ६२ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले १ हजार ४ सय ४६ जना आई.सी.युमा र ३ सय ८५ जना भेन्टिलेटरमा रहेका छन् ।
यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित ४८ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा १३ जिल्ला रहेका छन् ।
यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज १ सय १ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ हजार ५ सय ५५ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल सरकारी ५६ र निजी ३६ गरि ९२ वटा पीसीआर परीक्षण प्रयोगशालाहरु सञ्चालनमा रहेका छन् ।






