गौरादह, १८ जेठ २०७८ । झापामा आज २ सय ७९ जना संक्रमित थपिएका छन्। पीसीआर परिक्षणबाट २ सय १० जना र एन्टिजेन परिक्षणबाट ६९ जना गरि २ सय ७९ जना संक्रमित थप भएको हो । जसमध्ये पीसीआर परीक्षणबाट ८५ महिला र १ सय २५ पुरुष गरि २ सय १० जनामा संक्रमण पुष्टी भएको छ भने, एन्टिजेन परीक्षणबाट ३४ महिला र ३५ पुरुष गरि ६९ जनामा संक्रमण देखिएको छ । आज ४ सय ८४ जनाको पीसीआर र २ सय २६ जनाको एन्टिजेन परिक्षणबाट गरि कुल ७ सय १० जनाको कोरोना परिक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।
पीसीआर परीक्षणबाट संक्रमित भएकाहरुमा दमकका ६ महिला र ६ पुरुष, बिर्तामोडका २२ महिला र २० पुरुष, मेचिनगरका ४ महिला र १३ पुरुष, भद्रपुरका १३ महिला र ३० पुरुष, कन्काईका ५ महिला र १० पुरुष, हल्दिबारीका ५ महिला र २ पुरुष, अर्जुनधाराका ८ महिला र १२ पुरुष, बुद्धशान्तिका ११ महिला र १५ पुरुष, गौरिगञ्जका २ महिला र २ पुरुष, कचनकवलका १ महिला र ४ पुरुष, कमलका ३ महिला र १ पुरुष, शिवसतासीका ३ महिला र ३ पुरुष, बाह्रदशीका १ महिला र ६ पुरुष, ठेगाना नखुलेका १ महिला र १ पुरुषमा संक्रमण पुष्टी भएको छ।
यस्तै, एन्टिजेन परीक्षणबाट दमकका ४ महिला र ३ पुरुष, बिर्तामोडका ३ महिला र ५ पुरुष, गौरादहका ६ महिला र ५ पुरुष, मेचिनगरका ३ महिला ३ पुरुष, भद्रपुरका २ महिला र १ पुरुष, हल्दिबारीका ४ महिला र ४ पुरुष, अर्जुनधाराका ५ महिला र ८ पुरुष, बुद्धशान्तिका २ महिला र २ पुरुषमा, कमलका १ महिला, शिवसतासीका ३ महिला र ४ पुरुष, झापाका १ महिलामा संक्रमण देखिएको हो । यो सँगै झापामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १० हजार ६ सय ९६ पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।
यस्तै, २४ घण्टामा १ सय २६ जना संक्रमित निको भएर डिस्चार्ज भएसँगै हालसम्म कोरोना संक्रमित भई निको भएर ६ हजार २ सय ३८ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ४ हजार ९३ पुगेको जनाइएको छ ।
यस्तै, झापामा कोरोना संक्रमणबाट आज अर्जुनधारा-११ कि ४६ वर्षिया महिला र बुद्धशान्ति-३ कि ३७ वर्षिया महिला गरि २ जनाको पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु भएको छ । यस्तै, बुद्धशान्ति-३ का ८५ वर्षिय पुरुष, अर्जुनधारा-५ कि ४२ वर्षिया महिला र मेचिनगर-१० का ५६ वर्षिय पुरुष गरि ३ जनाको एन्टिजेन परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु भएको छ । यो सँगै पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु हुनेको संख्या २ सय १६ र एन्टिजेन परिक्षणबाट कोरोना पुष्टी भएर ३१ गरि हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ४७ पुगेको जनाइएको छ ।
अहिलेसम्म एन्टिजेन परिक्षणबाट ९ सय ४७ जनाको कोरोना पोजेटिभ पुष्टी भएको छ । यस्तै, हालसम्म ४९ हजार ५ सय ६७ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको जनाइएको छ ।






