Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

झापा,१८ जेठ २०७८ । देशभर आज पछिल्लो २४ घण्टामा ६ हजार ८५ जना संक्रमित थपिएका छन् । पीसीआर परिक्षणबाट ५ हजार २ सय ८५ र एन्टिजेन परिक्षणबाट ८ सय जनाको गरि ६ हजार ८५ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा संक्रमित हुनेको संख्या ५ लाख ६६ हजार ५ सय ८७ पुगेको जनाइएको छ । यस्तै, एकैदिन ६ हजार ८ सय ९८ जना डिस्चार्ज हुँदा नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ४ लाख ५४ हजार ३ सय ४४ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ८०.२ प्रतिशत पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १७ हजार १ सय ४७ र एन्टिजेन परिक्षणबाट ३ हजार १८ जना गरि कुल २० हजार १ सय ६५ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट ३० लाख ७४ हजार ४ सय २४ जनाको नमुना परीक्षण गरिएको छ । जसमा सरकारी बाट १८ लाख ८० हजार ५६ जनाको र निजी बाट ११ लाख ९४ हजार ५ सय १५ जनाको पीसीआर परीक्षण गरिएको जनाइएको छ । मन्त्रालयका अनुसार हालसम्म ७ सय २५ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई १ लाख ४ हजार ७ सय ८९ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेसनमा ९७ हजार ७ सय ४ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ७ हजार ८५ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले १ हजार ४ सय ९१ र २ हजार ४ सय ४ जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित ४८ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा १३ जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज ६८ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ हजार ४ सय ५४ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल सरकारी ५५ र निजी ३६ गरि ९१ वटा पीसीआर परीक्षण प्रयोगशालाहरु सञ्चालनमा रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments