Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

गौरादह, १७ जेठ २०७८ । झापामा आज २ सय २२ जना संक्रमित थपिएका छन्। आज पीसीआर परीक्षणबाट ३ सय २३ जना र एन्टिजेन परीक्षणबाट १ सय ९३ जना गरि ५ सय १६ जनाको कोरोना परिक्षण गरिएको हो । जसमध्ये पीसीआर परीक्षणबाट ६७ महिला र ८८ पुरुष गरि १ सय ५५ जनामा संक्रमण पुष्टी भएको छ भने, एन्टिजेन परीक्षणबाट ३१ महिला र ३६ पुरुषमा गरि ६७ जनामा संक्रमण देखिएसँगै २ सय २२ जनामा संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।

पीसीआर परीक्षणबाट संक्रमित भएकाहरुमा दमकका १४ महिला र ६ पुरुष, बिर्तामोडका ४ महिला र ५ पुरुष, गौरादहका १ पुरुष, मेचिनगरका १८ महिला र १४ पुरुष, भद्रपुरका १० महिला र १९ पुरुष, कन्काईका १ महिला र १ पुरुष, हल्दिबारीका ६ महिला र १३ पुरुष, अर्जुनधाराका ५ महिला र ११ पुरुष, बुद्धशान्तिका २ पुरुष, गौरिगञ्जका १ महिला र १ पुरुष, कचनकवलका १ महिला र १ पुरुष, कमलका २ महिला र २ पुरुष, शिवसताक्षीका ३ महिला र ७ पुरुष, बाह्रदशीका १ पुरुष, झापाका १ पुरुषमा, ठेगाना नखुलेका २ महिला र ३ पुरुषमा संक्रमण पुष्टी भएको छ।

यस्तै, एन्टिजेन परीक्षणबाट बिर्तामोडका १ महिला र ३ पुरुष, गौरादहका २ महिला र १ पुरुष, मेचिनगरका १ महिला ३ पुरुष, भद्रपुरका १३ महिला र १७ पुरुष, कन्काईका १ महिला र १ पुरुष, अर्जुनधाराका ८ महिला र ८ पुरुष, बुद्धशान्तिका २ महिला र ३ पुरुषमा, कचनकवलका १ महिला, बाह्रदशिका १ महिला, झापाका १ महिलामा संक्रमण देखिएको हो । यो सँगै झापामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १० हजार ४ सय ८९ पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।

यस्तै, २४ घण्टामा १ सय ८ जना संक्रमित निको भएर डिस्चार्ज भएसँगै हालसम्म कोरोना संक्रमित भई निको भएर ६ हजार १ सय १३ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ४ हजार ९३ पुगेको जनाइएको छ ।

यस्तै, झापामा कोरोना संक्रमणबाट आज मेचिनगरका ८३ वर्षिय पुरुषको पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु भएको छ । यस्तै, अर्जुनधारा कि ५९ वर्षिया महिलाको एन्टिजेन परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु भएको छ । यो सँगै पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु हुनेको संख्या २ सय १४ र एन्टिजेन परिक्षणबाट कोरोना पुष्टी भएर २८ गरि हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ४२ पुगेको जनाइएको छ ।

अहिलेसम्म एन्टिजेन परिक्षणबाट ८ सय ७८ जनाको कोरोना पोजेटिभ पुष्टी भएको छ । यस्तै, हालसम्म ४९ हजार ८१ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments