Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

झापा,१७ जेठ २०७८ । देशभर आज पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ६२ जना संक्रमित थपिएका छन् । पीसीआर परिक्षणबाट ४ हजार १ सय ७८ र एन्टिजेन परिक्षणबाट ५ सय ८४ जनाको गरि ४ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा संक्रमित हुनेको संख्या ५ लाख ६१ हजार ३ सय २ पुगेको जनाइएको छ । आज पनि संक्रमित हुने भन्दा डिस्चार्ज हुनेको संख्या बढि छ । एकैदिन ६ हजार ४ सय ९१ जना डिस्चार्ज हुँदा नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ४ लाख ४७ हजार ४ सय ४६ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १५ हजार ५५ र एन्टिजेन परिक्षणबाट २ हजार ४ सय २५ जना गरि कुल १७ हजार ४ सय ८० जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट ३० लाख ५७ हजार ४ सय २४ जनाको नमुना परीक्षण गरिएको छ । जसमा सरकारी बाट १८ लाख ६८ हजार २ सय ५९ जनाको र निजी बाट ११ लाख ८९ हजार १ सय ६५ जनाको पीसीआर परीक्षण गरिएको जनाइएको छ । मन्त्रालयका अनुसार हालसम्म ६ सय ८९ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई १ लाख ६ हजार ४ सय ७० जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेसनमा ९९ हजार १ सय ३२ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ७ हजार ३ सय ३८ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले १ हजार ४ सय ९२ र ४ सय २४ जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित ४८ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा १३ जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज १ सय १४ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ हजार ३ सय ८६ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल सरकारी ५५ र निजी ३६ गरि ९१ वटा पीसीआर परीक्षण प्रयोगशालाहरु सञ्चालनमा रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments