Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

काठमाडौं, १४ जेठ २०७८ । गायक एवं संगीतकार दीप श्रेष्ठलाई कोभिड–१९ संक्रमण भएको छ ।

स्वास्थ्यमा सामान्य समस्या आएपछि अस्पताल भर्ना हुनुभएका श्रेष्ठलाई पीसीआर परीक्षण गर्दा कोभिड–१९ संक्रमण पुष्टि भएको गायक प्रमोद खरेलले जानकारी दिनुभयो ।

श्रेष्ठको अहिले काठमाडौंको हाम्स् अस्पतालमा उपचार भइरहेको छ । श्रेष्ठ द भ्वाइस अफ नेपालका कोचसमेत हुनुहुन्छ ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments