Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

गौरादह, १४ जेठ २०७८ । झापामा आज २ सय ८ जनामा कोरोना संक्रमण भेटिएको छ । आज पीसीआर परीक्षणबाट ३ सय ६६ जना र एन्टिजेन परीक्षणबाट १ सय ३५ जना गरि ५ सय १ जनाको परीक्षण गर्दा २ सय ८ जनामा संक्रमण पुष्टी भएको हो । जसमध्ये पीसीआर परीक्षणबाट ७४ महिला र ८५ पुरुष गरि १ सय ५९ जनामा संक्रमण पुष्टी भएको छ भने, एन्टिजेन परीक्षणबाट २६ महिला र २३ पुरुषमा गरि ४९ जनामा संक्रमण देखिएसँगै २ सय ८ जनामा संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।

पीसीआर परीक्षणबाट संक्रमित भएकाहरुमा दमकका ११ महिला र १३ पुरुष, बिर्तामोडका ११ महिला र १८ पुरुष, मेचिनगरका ७ महिला र ९ पुरुष, भद्रपुरका ८ महिला र १० पुरुष, कन्काईका ७ महिला र ८ पुरुष, हल्दिबारीका २ महिला, अर्जुनधाराका १२ महिला र १० पुरुष, बुद्धशान्तिका ५ महिला र २ पुरुष, गौरिगञ्जका १ महिला र २ पुरुष, कचनकवलका १ महिला, कमलका ३ महिला र ३ पुरुष, शिवसताक्षीका ३ महिला र ६ पुरुष, बाह्रदशीका २ महिला र ४ पुरुष, झापाका १ महिलामा संक्रमण पुष्टी भएको छ।

यस्तै, एन्टिजेन परीक्षणबाट बिर्तामोडका १ महिला, गौरादहका ३ महिला र ४ पुरुष, मेचिनगरका १ महिला, भद्रपुरका १ पुरुष, हल्दिबारीका २ महिला र ३ पुरुष, अर्जुनधाराका ३ महिला, बुद्धशान्तिका ४ महिला र २ पुरुष, गौरिगञ्जका १ पुरुष, कचनकवलका ४ पुरुष, कमलका १० महिला र ७ पुरुष, झापाका २ महिला र १ पुरुषमा संक्रमण देखिएको हो । यो सँगै झापामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ हजार ९ सय ८८ पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।

यस्तै, २४ घण्टामा १ सय २६ जना संक्रमित निको भएर डिस्चार्ज भएसँगै हालसम्म कोरोना संक्रमित भई निको भएर ५ हजार ७ सय ५५ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ३ हजार ९ सय ६४ पुगेको जनाइएको छ ।

यस्तै, झापामा कोरोना संक्रमणबाट आज दमक-१०,८ कि ५५ वर्षिय उमेरका २ महिला र मेचिनगर-९ का ३९ वर्षिय पुरुषको पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु भएको छ । यस्तै, कमल-३ का ७६ वर्षिय पुरुष, मेचिनगरका ४४ वर्षिय पुरुषको एन्टिजेन परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु भएको छ । यो सँगै पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु हुनेको संख्या २ सय ६ र एन्टिजेन परिक्षणबाट कोरोना पुष्टी भएर २२ गरि हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय २८ पुगेको जनाइएको छ । अहिलेसम्म एन्टिजेन परिक्षणबाट ७ सय २९ जनाको कोरोना पोजेटिभ पुष्टी भएको छ । यस्तै, हालसम्म ४८ हजार २ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments