अनलाइनविचार
गौरादह, ८ जेठ २०७८ । झापाको गौरादहमा आज ६ जना कोरोना संक्रमणका बिरामी थपिएका छन् । पीसीआर परीक्षणबाट ५ र एन्टिजेन परीक्षणबाट १ जनाको गरि ६ जनाको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमितहरु गौरादह नगरपालिका-१ कि ५५ वर्षिया महिला, वडा नं. ५ का ३६ वर्षिय पुरुष, वडा नं. ७ का ७३, ४२ वर्षिय पुरुष र ६५ वर्षिया महिला, वडा नं. ९ का ३३ वर्षिय पुरुष गरि २ महिला र ४ पुरुषमा गरि ६ जनामा संक्रमण पुष्टी भएको छ ।
दोस्रो लहर फैलिएसँगै गौरादहमा प्रत्येक दिन संक्रमितको संख्यामा वृद्धि हुँदै गइरहेको छ । आज ६ जना थपिएसँगै दोस्रो लहरको भेरियन्ट देखा परेसँगै कोरोना संक्रमणबाट बिरामी हुनेको संख्या १ सय ५३ पुगेको गौरादह नगर स्वास्थ्य शाखाले जनाएको छ । यस्तै, कोरोना संक्रमित भई आज निको भएर २३ जना डिस्चार्ज भएका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या ४० पुगेको जनाइएको छ ।
हाल ८६ जना कोरोना संक्रमितका बिरामी होम आइसोलेसनमा बसेका छन् । १९ जना हस्पिटलको आइसोलेसनमा बसेका छन् । यस्तै, गौरादह नगरपालिकाको आइसोलेसनमा १ महिला र ३ पुरुष गरि ४ जना संक्रमितका बिरामी रहेका छन् । कोरोना संक्रमित भई विभिन्न आइसोलेसनमा उपचाररत रहेका सक्रिय संक्रमितको संख्या १ सय ९ जना पुगेको छ ।
यस्तै, क्वारेन्टाइनमा बस्नेको संख्या शुन्य रहेको छ । कोरोनाबाट गौरादह-४ खाङटाका ३० वर्षिय पुरुषको कोभिड अस्पताल विराटनगरमा उपचारको क्रममा आज बिहान मृत्यु भएसँगै गौरादहमा दोस्रो लहरको कोरोना देखिएसँगै आधिकारिक रुपमा मृत्यु हुनेको संख्या ४ पुगेको सहसंयोजक श्रेष्ठले बताउनुभयो ।






