गौरादह, ६ जेठ २०७८ । झापामा आज थप २ सय १८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जसमध्ये पीसीआर परीक्षणबाट ८८ महिला र १ सय ७ पुरुष गरि १ सय ९५ जनामा संक्रमण पुष्टी भएको छ भने, एन्टिजेन परीक्षणबाट १२ महिला र ११ पुरुषमा गरि २३ जनामा संक्रमण देखिएसँगै २ सय १८ जनामा संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।
पीसीआर परीक्षणबाट संक्रमित भएकाहरुमा दमकका १० महिला र १२ पुरुष, बिर्तामोडका १६ महिला र १९ पुरुष, गौरादहका १ महिला र १ पुरुषमा, मेचिनगरका ५ महिला र ८ पुरुष, भद्रपुरका १२ महिला र १५ पुरुष, कन्काईका १० महिला र ७ पुरुष, हल्दिबारीका ४ महिला र २ पुरुषमा, अर्जुनधारा ७ महिला र १५ पुरुषमा, बुद्धशान्तिका ३ महिला र ३ पुरुष, गौरिगन्जका २ महिला र २ पुरुष, कचनकवलका ३ महिला, कमलका १४ महिला र १५ पुरुषमा, शिवसताक्षीका १ महिला र ४ पुरुष, बाह्रदशीका १ पुरुषमा, झापाका १ पुरुष, अन्य ठेगाना नखुलेको ३ पुरुषमा संक्रमण पुष्टी भएको छ।
यस्तै, एन्टिजेन परीक्षणबाट बिर्तामोडका ५ महिला र १ पुरुष, मेचिनगरका ४ महिला, भद्रपुरका १ महिला, बुद्धशान्तिका १ महिलामा, कमलका २ पुरुष, बाह्रदशीका २ महिला र ६ पुरुष, ठेगाना नखुलेका १ पुरुषमा संक्रमण देखिएको हो । यो सँगै झापामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ८ हजार ७ सय ४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।
यस्तै, २४ घण्टामा ८१ जना संक्रमित निको भएर डिस्चार्ज भएसँगै हालसम्म कोरोना संक्रमित भई निको भएर ५ हजार ४४ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ३ हजार ४ सय ७८ पुगेको जनाइएको छ ।
यस्तै, झापामा कोरोना संक्रमणका कारण कचनकवल-४,१ का ४४ वर्षिय पुरुष र ६० वर्षिया महिलाको मृत्यु भएको छ । यस्तै, दमक-६ का ६६ वर्षिय पुरुष र हल्दिबारीका ७१ वर्षिय पुरुषको गरि ४ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ९३ पुगेको जनाइएको छ । यस्तै, एन्टिजेन परिक्षणबाट कोरोना संक्रमण पुष्टी भएर हालसम्म ११ जनाको मृत्यु भएको जनाएको छ । अहिलेसम्म एन्टिजेन परिक्षणबाट ४ सय ५५ जनाको कोरोना पोजेटिभ पुष्टी भएको छ ।






