Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

अनलाइनविचार
गौरादह, ६ जेठ २०७८ । झापाको गौरादहमा आज एकैदिन २४ जना कोरोना संक्रमित थपिएका छन् । दोस्रो लहरको कोरोना संक्रमण फैलिएसँगै संक्रमितको संख्या पनि बढ्दै गएको हो । आज संक्रमण पुष्टी भएकाहरु गौरादह-४ डोरामारीका एकै परीवारका ४ जनामा संक्रमण देखिएको गौरादह नगर स्वास्थ्य शाखाका प्रमुख तथा कोभिड-१९ फोकल पर्सन पर्शुराम भट्टराईले जानकारी दिनुभयो ।

गौरादह नगरपालिकाबाट २२ जनाको रेपिड एण्टीजेन परीक्षण गरिएकोमा १२ जनामा पोजेटिभ देखिएको छ । यस्तै, एड्भान्स हस्पिटल बाट प्राप्त रिपोर्ट अनुसार एण्टीजेन परीक्षणबाट १० जनाको पोजेटिभ आएको छ भने, मेची अस्पतालबाट १ जना र वि स्योर ल्याब बिराटनगरबाट १ जनाको गरि २ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएसँगै ११ महिला र १३ जना पुरुष गरि २४ जनामा संक्रमण पुष्टी भएको गौरादह नगर स्वास्थ्य शाखाका सह–संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

संक्रमितहरु गौरादह नगरपालिका१ कि ४३,३२,२४ वर्षिया महिला र ७१ वर्षिय पुरुष गरि ४ जना, वडा नं. २ कि ८४,४५,४३,४०,२३ वर्षिया महिला र ८५,६२,५६ वर्षिय पुरुष गरि ८ जना, वडा नं. ३ कि ७२,१६ वर्षिया महिला र ८४,३० वर्षिय पुरुष गरि ४ जना, वडा नं. ४ कि ६४,३६ वर्षिया महिला र ५७,४१,४०,३४,३३,२० वर्षिय पुरुष गरि ८ जना कुल २४ जना संक्रमित भएका छन् । यो सँगै गौरादहमा दोस्रो लहरको भेरियन्ट भेटिएसँगै कोरोना संक्रमित हुनेको संख्या १ सय ४४ पुगेको छ ।

यस्तै, कोरोना संक्रमित भई निको भएर आज ७ जना डिस्चार्ज भएका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या २५ पुगेको जनाइएको छ । यस्तै, गौरादह नगरपालिकाले सञ्चालन गरेको आइसोलेसनमा ३ जना बिरामी उपचाररत रहेका छन् । होम आइसोलेसनमा ९८ जना रहेका छन् । हस्पिटलको आइसोलेसनमा १८ जना रहेका छन् । कोरोना संक्रमणबाट अहिले सम्म ५ जनाको मृत्यु भएको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments