Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

झापा,६ जेठ २०७८ । देशभर आज एकैदिन ८ हजार ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा संक्रमितको संख्या ४ लाख ८८ हजार ६ सय ४५ पुगेको जनाइएको छ । एकैदिन ६ हजार ५ सय ४३ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ३ लाख ६६ हजार ९ सय ४६ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट २१ हजार ६ सय ९५ जना र एन्टिजेन परिक्षणबाट ३ सय ९२ जना गरि कुल २२ हजार ८७ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट २८ लाख ५५ हजार ७ सय ९३ जनाको नमुना परीक्षण गरिएको छ । जसमा सरकारी बाट १७ लाख ३८ हजार ९ सय १७ जनाको र निजी बाट ११ लाख १६ हजार ८ सय ७६ जनाको पीसीआर परीक्षण गरिएको जनाइएको छ । मन्त्रालयका अनुसार हालसम्म ९ सय ३२ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई १ लाख १५ हजार ८ सय ५२ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेसनमा १ लाख ८ हजार ३८ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ७ हजार ८ सय १४ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले १ हजार ७ सय ४८ जना आइसियुमा र ४ सय ९२ जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित ४४ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा १४ जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आइतबार १ सय ९० जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोना का कारण मृत्यु हुनेको संख्या ५ हजार ८ सय ४७ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल सरकारी ५४ र निजी ३६ गरि ९० वटा पीसीआर परीक्षण प्रयोगशालाहरु सञ्चालनमा रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments