Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

अनलाइनविचार
गौरादह, ५ जेठ २०७८ । झापाको गौरादहमा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जसमा ७ महिला र १ पुरुष रहेका छन् । दोस्रो लहरको संक्रमण फैलिएसँगै गौरादहमा पनि प्रत्येक दिन संक्रमितको संख्या पनि बढ्दै गएको हो । आज संक्रमण पुष्टी भएकाहरु गौरादह-१ कि ५०,३८,३४,३२ वर्षिया महिलाहरु, वडा नं.२ का ९२ वर्षिय पुरुष, वडा नं.३ कि ६७ वर्षिया महिला, वडा नंं.६ कि ५८,३३ वर्षिया महिलाहरु रहेका छन् ।

दोस्रो भेरियन्ट देखा परेसँगै अहिले सम्म ६१ महिला र ५९ पुरुष गरि १ सय २० जनामा संक्रमण भेटिएको गौरादह नगर स्वास्थ्य शाखाका सह-संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो । यस्तै, संक्रमित मध्ये गौरादह-३ कि ६७ वर्षिया महिलाको स्वास्थ्यमा समस्या आएपछी गौरादह नगरपालिकाबाट सञ्चालित अस्थायी कोभिड अस्पताल जुरोपानीमा राखिएको सह-संयोजक श्रेष्ठले बताउनुभयो ।

यस्तै, कोरोना संक्रमण भई निको भएर १८ जना डिस्चार्ज भएका छन् । कोरोना संक्रमित भई ७३ जना बिरामी होम आइसोलेसनमा बसेका छन् । हस्पिटल आइसोलेसनमा १८ जना रहेका छन् । यस्तै, नगरपालिकाले सञ्चालन गरेको आइसोलेसनमा दिउँसो ४ बजेको रिपोर्ट अनुसार ९ जना बिरामी रहेको अस्थायी कोभिड अस्पतालका डक्टर निरज निरौलाले जानकारी दिनुभयो । सबैको स्वास्थ्य अवस्था सामान्य नै रहेको ड. निरौलाले बताउनुभयो ।

यस्तै,कोरोना संक्रमणबाट अहिले सम्म ५ जनाको मृत्यु भएको जनाइएको छ । जसमा २ जना मृतकको नगरपालिकामा अभिलेखीकरण हुन बाँकी रहेको सहसंयोजक श्रेष्ठले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments