Online Bichar
सोमबार, आषाढ १५, २०८३ | Monday, June 29, 2026

एजेन्सी, १२ कात्तिक । लायन एयरको बोइङ ७३७ यात्रुवाहक विमान इन्डोनेसियाको राजधानी जकार्ताबाट उडान भरेको केही समयमा नै समुद्रमा दुर्घटनाग्रस्त बनेको छ ।

कलसाइन जेटी ६१० भएको विमान जकार्ताबाट पाङकाल पिनाङका लागि उडेको थियो । उडान भरेको केही समयमा विमान सम्पर्क्विहिन बनेको थियो । अन्तिम पटक समुद्रमाथि विमानसँग सम्पर्क भएको थियो ।

घटनामा हताहती र जीवित यात्रुबारे केही जानकारी प्राप्त भएको छैन । उक्त विमान नयाँ बोइङ ७३७ म्याक्स ८ थियो ।

‘विमान ३०–४० मिटर गहिरो समुद्रमा खसेको छ,’ खोजी तथा उद्धार एजेन्सीका प्रवक्ता युसुफल लतिफले एएफपीसँग कुरा गर्दै भने, ‘हामीले अझै विमानको भगनावशेस खोजी गरिरहेका छौँ ।’ पत्रकार सम्मेलनमा विमानमा १७८ वयस्क, एक शिशु र दुई बालबालिका, दुई पाइलट तथा ५ क्याबिन क्रु रहेको जानकारी दिइएको छ । यद्यपि, विमानमा सवार संख्याबारे विभिन्न रिपोर्टहरु आइरहेका छन् ।

के भएको थियो ?

जेटी ६१० जकार्ताबाट स्थानीय समयअनुसार विहान ६ः२० मिनेटमा उडेको थियो । उक्त विमान पाङकाल पिनाङमा एक घण्टामा अवतरण गर्नुपर्ने थियो । तर, उडानको १३ मिनेटपछि नै विमान र ग्राउण्ड स्टाफबीच सम्पर्क टुटेको थियो ।

सम्पर्क टुट्न अघि पाइलट विमानलाई जकार्ताको सोइकार्नो हाता विमानस्थलमा फर्काउने अनुमति मागेका थिए । विमानको पाटपुर्जा र यात्रुका सामान समुद्रमा तैरिरहेको अवस्थामा फेला परेको छ ।

सन् १९९९ मा स्थापना भएको इन्डोनेसियाको बजेट एयरलाइनसले दक्षिण पूर्वी एसिया, अस्ट्रेलिया र मध्य पूर्वमा उडान सञ्चालन गर्दै आएको छ । सन् २०१६ सम्म खराब रेकर्डका कारण यो विमानलाई युरोपमा उडान भर्न प्रतिबन्ध गरिएको थियो ।

सन् २०१३ मा पनि यो एयरलाइन्सको विमान बाली नजिकैको समुद्रमा ल्याण्ड गर्न पुगेको थियो । घटनामा सबै १०८ यात्रु सशुकल रहेका थिए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments