गौरादह, २८ वैशाख २०७८ । झापामा एकैदिन १ सय ७० जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये पीसीआर परीक्षणबाट ३८ महिला र ८३ पुरुष गरि १ सय २१ जनामा संक्रमण पुष्टी भएको छ भने, एन्टिजेन परीक्षणबाट २२ महिला र २७ पुरुषमा गरि ४९ जनामा संक्रमण देखिएसँगै १ सय ७० जनामा संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।
पीसीआर परीक्षणबाट संक्रमित भएकाहरुमा दमकका ४ पुरुष, बिर्तामोडका ७ महिला र ४ पुरुष, मेचिनगरका ५ महिला र १४ पुरुष, भद्रपुरका १८ महिला र ४२ पुरुष, हल्दिबारीका २ महिला र २ पुरुषमा, अर्जुनधारामा १ महिला र २ पुरुषमा, बुद्धशान्तिका ३ महिला र ८ पुरुष, कचनकवलका १ महिला र ६ पुरुष, कमलका १ महिला र १ पुरुषमा र अन्य ठेगाना नखुलेको १ पुरुषमा संक्रमण पुष्टी भएको छ।
यस्तै, एन्टिजेन परीक्षणबाट बिर्तामोडका १ पुरुष, मेचिनगरका १ महिला र २ पुरुष, भद्रपुरका २ महिला र २ पुरुष, हल्दिबारीका २ महिला र ५ पुरुष, अर्जुनधाराका १ महिला र २ पुरुष, बुद्धशान्तिका १ महिला र १ पुरुष, कमलका ९ महिला र १० पुरुष, शिवसताक्षीमा १ महिला, बाह्रदशीका ४ महिला र ३ पुरुष, अन्य ठेगाना नखुलेका १ महिला र १ पुरुष गरि ४९ जनामा संक्रमण देखिएको हो । यो सँगै झापामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ६ हजार ६ सय ६७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।
यस्तै, हालसम्म कोरोना संक्रमित भई निको भएर ४ हजार ६ सय ७४ डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १ हजार ८ सय ३९ पुगेको जनाइएको छ । आज सम्मको कुल संक्रमित सख्या एन्टिजेन्ट २ सय ५९ रहेको छ ।
यस्तै, झापामा कोरोना संक्रमणका गौरादह-२ का ५५ वर्षिय पुरुष, दमक-६ कि ५५ वर्षिया महिला र अर्जुनधाराका ६२ वर्षिय पुरुष गरि ३ जनाको मृत्यु भएको जनाएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ५८ पुगेको फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।
यस्तै, एन्टिजेन परिक्षणबाट हालसम्म ४ जनाको मृत्यु भएको जनाएको छ । हालसम्म ४३ हजार १ जनाको पीसीआर परीक्षणबाट स्वाब संकलन गरिएको जनाइएको छ ।






