Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

झापा,२८ वैशाख २०७८ । देशभर पछिल्लो २४ घण्टामा ९ हजार ४ सय ८३ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा संक्रमितको संख्या ४ लाख १३ हजार १ सय ११ पुगेको जनाइएको छ । पछिल्लो २४ घण्टामा ५ हजार २ सय २५ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ३ लाख १२ हजार १९ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट २० हजार ५ सय ९६ जना र एन्टिजेन परिक्षणबाट ७ सय २० जना गरि कुल २१ हजार ३ सय १६ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट २६ लाख ७२ हजार ७ सय २६ जनाको नमुना परीक्षण गरिएको छ । जसमा सरकारी बाट १६ लाख ४१ हजार २ सय १२ जनाको र निजी बाट १० लाख ३१ हजार ५ सय १४ जनाको पीसीआर परीक्षण गरिएको जनाइएको छ । मन्त्रालयका अनुसार हालसम्म ४ सय ४८ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई ९७ हजार ८ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेसनमा ८९ हजार ९ सय १४ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ७ हजार ९४ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले १ हजार ८४ जना आइसियुमा र २ सय ९० जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित ३० जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा १८ जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आइतबार २ सय २५ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोना का कारण मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल सरकारी ५१ र निजी ३६ गरि ८७ वटा पीसीआर परीक्षण प्रयोगशालाहरु सञ्चालनमा रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments