Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

गौरादह, २५ वैशाख २०७८ । झापामा एकैदिन थप १ सय ९५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पीसीआर परीक्षणबाट ८४ महिला र १ सय ५ जना पुरुष गरि १ सय ८९ जनामा संक्रमण पुष्टी भएको छ भने, एन्टिजेन परीक्षणबाट ४ महिला र २ पुरुषमा गरि ६ जनामा संक्रमण देखिएसँगै १ सय ९५ जनामा संत्रmमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।

पीसीआर परीक्षणबाट संक्रमित भएकाहरुमा गौरादहका ४ महिला र ४ पुरुष, दमकका १० महिला र १५ पुरुष, बिर्तामोडका १७ महिला र १५ पुरुष, मेचिनगरका १० महिला र ९ पुरुष, भद्रपुरका १९ महिला र २४ पुरुष, कन्काईका १० महिला र १० पुरुष, हल्दिबारीका ३ पुरुषमा, अर्जुनधाराका ५ महिला र ११ पुरुष, बुद्धशान्तिका ३ महिला र ४ पुरुषमा, गौरिगञ्जका २ पुरुष, कचनकवलका १ महिला र १ पुरुष, कमलका १ महिलामा, शिवसताक्षीका १ महिला र ५ पुरुष, बाह्रदशीका १ महिला, झापाका १ पुरुषमा र अन्य ठेगाना नखुलेको २ महिला १ पुरुषमा संक्रमण पुष्टी भएको छ।

यस्तै, एन्टिजेन परीक्षणबाट भद्रपुरका ३ महिला र १ पुरुष, मेचिनगरका १ महिला र १ पुरुषमा संक्रमण देखिएको हो । यो सँगै झापामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ६ हजार १ सय १४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।

यस्तै, हालसम्म कोरोना संक्रमित भई निको भएर ४ हजार ५ सय ९२ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १ हजार ३ सय ७५ पुगेको जनाइएको छ । आज सम्मको कुल संक्रमित सख्या एन्टिजेन्ट १ सय ६५ रहेको छ ।

यस्तै, झापामा कोरोना संक्रमणका कारण दमक-८ कि ८३ वर्षिया महिला र एन्टिजेन परीक्षण बाट कोरोना पुष्टी भएकि ६२ वर्षिया महिला गरि २ जनाको मृत्यु भएको जनाइएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ४७ पुगेको फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो । हालसम्म ४० हजार १ सय ८९ जनाको पीसीआर परीक्षणबाट स्वाब संकलन गरिएको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments