Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

गौरादह, २३ वैशाख २०७८ । झापामा कोरोना संक्रमितको संख्या तिव्र रुपमा वृद्धि हुँदै गएको छ । आज थप २ सय १ जनामा कोरोना संक्रमण पुष्टी भएसँगै संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको पाईएको हो । आज पीसीआर परीक्षणबाट ८७ महिला र १ सय ३ जना पुरुष गरि १ सय ९० जनामा संक्रमण पुष्टी भएको छ भने, एन्टिजेन परीक्षणबाट २ महिला र ९ पुरुषमा गरि ११ जनामा संक्रमण देखिएसँगै २ सय १ जनामा संत्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।

पीसीआर परीक्षणबाट संक्रमित भएकाहरुमा दमकका ३२ महिला र ३२ पुरुष, बिर्तामोडका ७ महिला र १५ पुरुष, गौरादहका १ महिला र १ पुरुष, मेचिनगरका १३ महिला र ९ पुरुष, भद्रपुरका ४ महिला र ७ पुरुष, कन्काईका ५ महिला र ७ पुरुष, हल्दिबारीका १ महिला र १ पुरुषमा, अर्जुनधाराका ४ पुरुष, बुद्धशान्तिका १ महिला र ३ पुरुषमा, गौरिगञ्जका १० महिला र ७ पुरुष, कमलका ९ महिला र १३ पुरुष, शिवसताक्षीका ४ महिला र २ पुरुष, झापाका ३ पुरुषमा र अन्य ठेगाना नखुलेको १ महिलामा संक्रमण पुष्टी भएको छ।

यस्तै, एन्टिजेन परीक्षणबाट मेचिनगरका २ महिला र १ पुरुषमा, बाह्रदशीका ८ पुरुषमा संक्रमण देखिएको हो । यो सँगै झापामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ५ हजार ७ सय ९० पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।

यस्तै, हालसम्म कोरोना संक्रमित भई निको भएर ४ हजार ५ सय ६५ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १ हजार ८१ पुगेको जनाइएको छ । आज सम्मको कुल संक्रमित सख्या एन्टिजेन्ट १ सय ४९ रहेको छ ।

यस्तै, झापामा कोरोना संक्रमणका कारण दमक-२ का ५३ वर्षिय पुरुष, मेचिनगर-६ का ४८ वर्षिय पुरुष गरि २ जनाको मृत्यु भएको जनाइएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ४४ पुगेको फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो । हालसम्म ३९ हजार २ सय ६९ जनाको पीसीआर परीक्षणबाट स्वाब संकलन गरिएको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments