Online Bichar
बुधबार, आषाढ १०, २०८३ | Wednesday, June 24, 2026

सुनसरी, ८ वैशाख २०७८ । धरानमा स्थानीय कांग्रेस नेतासहित तीन जना नक्कली नोटसहित पक्राउ परेका छन् । इनरुवा–४ स्थित स्टार होटल अगाडिबाट नक्कली नेपाली नोट सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नेपाली कांग्रेस धरान उपमहानगर समितिका उपसभापति महेन्द्र तामाङ, धरान–१९ का ६६ बर्षिय टेकबहादुर तामाङ र सुनसरी हरिनगरा गाउँपालिका–२ का २४ बर्षिय नजिम साफि रहेको सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले जानकारी दिनुभयो ।

उनीहरुको साथबाट कागजमा पोको पारी राखेको अबस्थामा ४ सय १५ थान एक हजार दरका नक्कली नोट बरामद गरिएको छ ।

पक्राउ परेका तीनै जनाविरुद्ध आवश्यक कार्वाही प्रकृया अघि बढाइएको प्रहरीले जनाएको छ ।

नक्कली नोट सहित पक्राउ परेका तामाङलाई पदबाट निलम्बन गर्ने तयारी भैरहेको जनाइएको छ ।ईमेजखबरबाट

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments