Online Bichar
शनिबार, आषाढ १३, २०८३ | Saturday, June 27, 2026

काठमाडौं, ५ वैशाख २०७८ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा नेकपा एमालेका नेता रामबहादुर थापालाई गृहमन्त्रीमा नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम थापालाई मन्त्री नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का तर्फबाट विसं २०७४ को राष्ट्रिय सभा सदस्य निर्वाचनमा वाग्मती प्रदेशबाट निर्वाचित थापाले दल त्याग गरेको सूचना माओवादी केन्द्रले गराएपछि उहाँ सांसद पदबाट मुक्त हुनुभएको थियो ।

थापाले दल त्यागेको सूचना राष्ट्रिय सभाले आइतबार जारी गरेसँगै उहाँ मन्त्री पदबाट पनि मुक्त हुनुभएको थियो ।

मन्त्रीमा उहाँको पुनर्नियुक्ति भने सांसद नरहेको व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्नसक्ने संवैधानिक व्यवस्थालाई टेकेर गरिएको हो ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments