Online Bichar
शनिबार, आषाढ १३, २०८३ | Saturday, June 27, 2026

विराटनगर, ५ वैशाख २०७८ । प्रदेश १ को प्रदेश सभा अधिवेशन अन्त्य गरिएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मन्त्रिपरिषदको सिफारिसमा आइतबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको सातौं अधिवेशन अन्त्य गर्नुभएको हो ।

माघ ७ गतेदेखि बसेको प्रदेश सभाको हिउँदे अधिवेशन सरकारले अन्त्य गरिदिएको हो ।

यस अधिवेशनमा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव प्रदेशसभा बैठकमा पेश गरिए पनि छलफल गराइएन भने धेरै बैठक त सूचना टाँसेरै स्थगित गरिएको थियो ।

फागुन २३ मा सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउनुअघि राईविरुद्ध पेश गरिएको अविश्वास प्रस्ताव बदलिँदो परिस्थितिमा फिर्ता लिइएको थियो ।

तर कर्णालीमा एमाले सांसदहरुले फ्लोर क्रस गरेर पार्टी ह्वीप उल्लंघन गरेपछि अरु प्रदेशमा पनि एमालेका मुख्यमन्त्रीहरुको पद फेरि धरापतर्फ उन्मुख देखिन्छ ।

गण्डकी प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेश गरिएपछि संसद बैठक अन्त्य गरिएको छ भने प्रदेश १ मा पनि मुख्यमन्त्रीवरुद्ध खतरा आउनुअघि नै बैठक अन्त्य गरिएको छ ।ईमेजखबर

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments