Online Bichar
बुधबार, आषाढ १०, २०८३ | Wednesday, June 24, 2026

काठमाडौँ, १७ चैत २०७७ । सरकार र थारु कल्याणकारी सभाबीच पहिलो वार्ता सम्पन्न भएको छ । सिंहदरबारमा भएको वार्ता सौहार्दपूर्ण र सकारात्मक रहेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार तथा वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिएका छन् ।

भट्टराईले भने, ‘नेपाल सरकार र थारु कल्याणकारी सभाको वार्ता टोलीबीच मङ्गलवार (आज) पहिलो चरणको वार्ता सिंहदरबारमा सम्पन्न भयो । वार्ता सौहार्दपूर्ण रह्यो र सकारात्मक दिशाउन्मुख रहेको छ । अर्को चरणको वार्तामा छिट्टै बस्ने सहमति पनि भएको छ ।’

जेलमा रहेका रेशम चौधरीको रिहाइसहित १९ बुँदे माग राखेको थारु कल्याणकारी सभासँग वार्ता गर्न सरकारले सोमवार ९हिजो० गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा तीन सदस्यीय सरकारी वार्ता टोली गठन गरेको थियो ।सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा। राजन भट्टराई र पूर्व सांसद भगवती चौधरी सदस्य रहेका छन् । यस्तै थरुहटका तर्फबाट रुक्मीणी चौधरीको संयोजकत्वमा प्रेमलाल चौधरी, पदमनारायण चौधरी, चन्द्रबहादुर चौधरी र प्रभात चौधरी सदस्य छन् ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments