Online Bichar
सोमबार, आषाढ २२, २०८३ | Monday, July 6, 2026

अर्घाखाँची, २० फागुन २०७७ । सन्धिखर्क नगरपालिकाले व्यावसायिक कृषि गर्नेलाई सहुलियत दरमा कर्जा प्रदान गर्ने भएको छ । सहुलित दरमा कर्जा प्रदान गर्न अर्घाखाँचीको सन्धिखर्क नगरपालिका र नेपाल बैंक लिमिटेडबीच सम्झौता भएको छ ।

कृषि पेशा गर्नेलाई विनाधितो कर्जा प्रवाह गरिने र यसमा कुनै सेवा शुल्क नलाग्ने, ब्याजदर पनि २ देखि ३ प्रतिशत मात्र रहने सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले जानकारी दिनुभयो ।

सन्धिखर्क नगरपालिकाको ७५ लाख रुपैयाँ र नेपाल बैंक लिमिटेडको ७५ लाख रुपैयाँ गरी एक करोड ५० लाख रुपैयाँबाट कृषि पेशा गर्ने युवाहरूलाई एक लाखदेखि तीन लाख रुपैयाँसम्म कर्जा दिइने छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments