Online Bichar
मंगलबार, मंसिर ०९, २०८३ | Tuesday, November 24, 2026

शान्ति सुब्बा

गौरादह, १४ माघ २०७७ । स्थानीयबासीले प्रतिकार गर्दागर्दै ईटा उद्योग खोल्न लागेको भन्दै झापाको कमलगाउँपालिका-१ रतनचौनका स्थानीयबासी आक्रोशित भएका छन् । वातावरण मैत्री समाज निर्माणका लागि प्रदुषण युक्त उद्योग विरुद्ध रतनचौन टोल विकास समितिले आज आयोजना गरेको पत्रकार सम्मेलनमा स्थानीयबासीहरुले आक्रोश पोखेका हुन् ।

करिब १७ बिगाहा रहेको आफ्नै जमिनमा दमकका व्यवसायी गुणराज थापाले स्थानीयबासीको सहमति बिना आफ्नो एकलौटी ढंगले ईटा उद्योग खोल्न लागेको भन्दै त्यहाँका स्थानीयले विरोध गरेका छन् ।
थापाले ५ वर्ष अघि देखि नै कहिले इटा उद्योग खोल्ने, कहिले सिमेन्ट फयाक्ट्री खोल्ने भन्दै बताउँदै आएको भएपनि त्यसबेला पनि स्थानीयबासीहरुले उक्त कुराको लागि असहमति जनाउँदै आएको रतनचौन टोल विकास समितिका अध्यक्ष सन्तोष कट्वालले जानकारी दिनुभयो ।

इटा उद्योग खोल्दा करिब २ सय घर परिवार विस्थापित हुने रतनचौन टोल विकास समितिका सचिव नरेन्द्र गौतमले बताउनुभयो ।

यस्तैगरी, कमल-१ का वडाध्यक्ष केदार कट्वालले व्यक्तिगत रुपमा थापाले इटा उद्योग खोल्न खोजेपनि कानुनी रुपमा खोल्न नपाउँने बताउँदै उद्योग खोल्नका लागि वार्ड र गाउँपालिकाबाट स्वीकृति नलिई आफ्नो मनोमानी ढंगले उद्योग खोल्न लागेकोले यस्तो कार्यशैली ठिक नभएको बताउँनुभयो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

सो इटा उद्योग खोल्न लागेको स्थानको नजिकै घर रहेका गंगा धिमालले निरास हुँदै आफु ४-५ वर्ष अघि विदेशमा दु:ख गरेर घर बनाएको बताउनुहुँदै, छेउमा इटा उद्योग खुलेमा आफू्ले घर छोडेर जानुपर्ने स्थिती आउने बताउनुभयो ।

यस्तै, स्थानिय बासिन्दा राम धमलाले इटाभट्टा खोल्दा धुलो, धुँवा, ध्वनि प्रदुषणका कारण बस्न कठिनाई हुने भन्दै आक्रोश व्यक्त गर्नुभयो । यस्तै, रतनचौन टोल विकास समितिका कोषाध्यक्ष सविता कट्वालले सो स्थानमा इटाभट्टा खोल्दा वातावरण प्रदुषणबाट मानविय स्वास्थ्यलाई प्रत्यक्ष असर पर्ने भन्दै जे जस्तो अवस्था आएपनि इटा उद्योग खोल्न नदिने बताउनुभयो ।

यस्तै, सो ठाउँमा इटाभट्टा खुल्दा टोल नै विस्थापित हुने अवस्था आउन सक्ने भन्दै इटाभट्टा र सिमेन्ट फयाक्ट्री बाहेक अरु स्थानीयबासीलाई असर नगर्ने खालको कुनै पनि उद्योग खोल्न दिइने समितिका अध्यक्ष सन्तोष कट्वालले बताउनुभयो ।

आज मिडिया मार्फत सो कुराको जानकारी गराएको भन्दै यदि यति कुरा हुँदा हुँदै स्थानीयबासीको सहमति बिना इटाभट्टा खोल्न आएमा बालुवा, रड लगायतका सामग्रीहरु झारेमा कडा प्रतिकार जनाउने र त्यसबेला जे पनि हुन सक्ने र त्यसको जिम्मेवार स्वंय इटा उद्योग खोल्न लागेका व्यवसायि गुणराज थापा हुनुपर्ने समितिका अध्यक्ष कट्वाल र सचिव गौतमले आक्रोशित हुँदै जवाफ दिनुभयो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments