Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

झापा, ४ माघ २०७७ । देशभर आज थप २ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा ९१ महिला र १ सय ७५ पुरुष रहेका छन् । मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको जनाइएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ४ सय डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ६१ हजार ४ सय ४४ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ५ सय ८ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट २० लाख १२ हजार ४ सय ५२ जनाको नमुना परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म २ सय २१ व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तैगरि ५ सय भन्दा बढि संक्रमित हुने जिल्ला काठ्माडौं रहेको छ भने, संक्रमण शुन्य रहेका जिल्लाहरुमा सोलुखुम्बु, भोजपुर, नवलपरासी पश्चिम, कालिकोट, रुकुम पश्चिम र मुगु गरि ५ जिल्ला रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई ३ हजार १ सय १९ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा २ हजार ३७ जना र संस्थागत आइसोलेसनमा १ हजार ८२ जना रहेका छन् ।
हालसम्म १ सय ५७ जना संक्रमित आइसियुमा रहेका छन् भने, ३९ जना संक्रमित भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा थप ५ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ५९ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया