Online Bichar
आइतबार, बैशाख २३, २०८१ | Sunday, May 5, 2024

झापा, १८ पुष २०७७ । झापामा आज २ महिला र ६ पुरुषमा गरि ८ जनामा संक्रमण पुष्टी भएको छ । संक्रमण पुष्टीहुनेहरुमा दमकका २ पुरुषमा, कमलका १ महिलामा, अर्जुनधाराका २ पुरुषमा, बिर्तामोडका १ महिला र १ पुरुषमा र कन्काईका १ पुरुषमा गरि ८ जनामा संक्रमण देखिएको झापाका कोभिड१९ फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।

आज ८ जना कोरोना संक्रमित थपिएसँगै झापामा हालसम्म संक्रमितको संख्या ४ हजार ५ सय ३७ पुगेको जनाइएको छ । यस्तै, झापामा कोरोनाका कारण हालसम्म १ सय ३१ जनाको मृत्यु भएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया