Online Bichar
सोमबार, मंसिर ०१, २०८३ | Monday, November 16, 2026

झापा, १३ पुष २०७७ । मुलुकभर आज थप ६ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा २ सय ५२ महिला र ४ सय ७ पुरुष रहेका छन् ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार ८ सय ४० पुगेको जनाइएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ७ सय १८ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ५० हजार ५ सय ८१ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ५ हजार ५ सय ७८ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट १९ लाख १५ हजार २ सय ३२ जनाको नमुना परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म ३ सय ६९ व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई ६ हजार ४ सय २७ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा ३ हजार २२ जना र संस्थागत आइसोलेसनमा ३ हजार ४ सय ५ जना रहेका छन् ।

यस्तैगरी, ५ सय भन्दा बढी सक्रिय संक्रमित हुने जिल्ला काठ्माडौं रहेको छ भने महोत्तरी, सर्लाही, सिराहा, मुगु र रुकुम पश्चिम गरि ५ जिल्ला कोरोना मूक्त रहेको मन्त्रालयले जनाएको छ ।
हालसम्म २ सय ५४ जना संक्रमित आइसियुमा रहेका छन् भने, ४० जना संक्रमित भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा थप ७ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८ सय ३२ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments