Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

अनलाइनविचार संवाददाता

गौरादह, १२ पुष २०७७ । नागरिकता किर्ते गरेको आरोपमा गौरीगञ्ज इलाका प्रशासन कार्यालयका प्रमुख सहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा इलाका प्रशासन कार्यालय गौरीगञ्ज-३ घर भएका इलाका प्रशासन कार्यालय झापाका प्रमुख ३७ वर्षिय धनन्जय कुमार शाह, सोही कार्यालयमा कार्यरत कार्यालय सहयोगी वडा नं. ६ का २४ वर्षिय आसिर आलम र गौरादह-७ का ५९ वर्षिय कृष्ण प्रसाद तिम्सिनालाई पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

नागरिकता प्राप्त गर्नेहरु साबिक जुरोपानी-८ हाल गौरादह नगरपालिका७ स्थायी ठेगाना देखाई अमृत राई, दिपिका राई र बिशाल राईलाई नागरिकता वितरण गरेको तर नागरिकता सम्बन्धि कुनै पनि अभिलेख इलाका प्रशासन कार्यालय गौरिगञ्जमा नभएकोले नागरिकता सम्बन्धि सफ्टवेयर प्रयोग गरि उक्त नागरिकताहरु किर्ते गरेको भन्दै थप अनुसन्धान गरि आवश्यक कारवाही गर्ने पत्राचार भएपश्चात जिल्ला प्रहरी कार्यालयले प्रारम्भिक अनुसन्धान गर्दा नागरिकता प्राप्त गर्ने व्यक्तिहरु नागरिकतामा उल्लेख भएको ठेगानामा नरहेको र कार्यालयको सफ्टवेयर प्रयोग गरि नागरिकता वितरण गरे पश्चात उक्त विवरण इडिट गरि पूनः विभिन्न मितिमा सोहि नम्बरका नागरिकताहरु अन्य व्यक्तिलाई वितरण गरिएको कुरा प्रारम्भिक अनुसन्धानमा देखिएकोले ३ जनालाई नागरिकता सम्बन्धि कसुर गरेको देखिन आएको जनाउँदै हिंजो(शनिबार) पक्राउ गरि झापा जिल्ला अदालतबाट नागरिकता सम्बन्धि मुद्दामा ५ दिन म्याद थप गरि अनुसन्धान भइरहेको प्रवक्ता थापाले जानकारी दिनुभयो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया