Online Bichar
सोमबार, मंसिर ०१, २०८३ | Monday, November 16, 2026

झापा, २ पुष २०७७ । झापामा आज थप १७ जनामा संक्रमण पुष्टी भएको छ । जसमा ८ महिला र ९ जना पुरुष रहेका छन् । आज संक्रमितहुनेहरुमा गौरादहका १ र २ नं. वार्डका १ महिला र १ पुरुष गरि २ जना रहेका छन् । यस्तै, दमकका ७ महिला र ६ पुरुष गरि १३ जनामा संक्रमण देखिएको छ भने, कमलका २ पुरुषमा गरि १७ जनामा संक्रमण देखिएको झापाका कोभिड१९ फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।

यो सँगै झापामा कोरोना संक्रमित हुनेको संख्या ४ हजार ३ सय ९१ पुगेको छ । हालसम्म कोरोना संक्रमण भई निको हुनेको संख्या ३ हजार ७ सय ७६ पुगेको छ । बिरामी भई आइसोलेसनमा बसेका सक्रिय संक्रमितको संख्या ४ सय ९० जना रहेको जनाइएको छ ।

झापामा कोरोनाका कारण हालसम्म १ सय २५ जनाको मृत्यु भएको छ । यस्तै, झापामा हालसम्म ३४ हजार ८ सय १० जनाको पीसीआर गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments