झापा, १६ मंसिर २०७७ । झापामा आज गौरादहका १ जना सहित ५९ जनामा संक्रमण देखिएको छ । जसमा २३ महिला र ३६ जना पुरुष रहेका छन् ।
आज संक्रमितहुनेहरुमा गौरादहका १ पुरुष, दमकका ४ महिला र ३ पुरुषमा, बिर्तामोडका ६ महिला र ९ पुरुषमा संक्रमण पुष्टी भएको छ ।
यस्तै, भद्रपुरका ८ महिला र ८ पुरुष, कन्काईका ४ पुरुषमा, अर्जुनधाराका १ महिला र २ पुरुष, मेचीनगरका १ महिला, शिवसताक्षीका २ महिला र २ पुरुष, बुद्धशान्तिका १ पुरुष, कचनकवलका १ महिला, अन्य जिल्ला ठेगाना भएका वा ठेगाना नखुलेका ६ पुरुष गरी कुल ५९ जनामा संक्रमण देखिएको झापाका कोभिड१९ फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।
यो सँगै झापामा कोरोना संक्रमित हुनेको संख्या ३ हजार ९ सय २० पुगेको छ । हालसम्म संक्रमित २ हजार ५ सय ५२ जना डिस्चार्ज भएका छन् । बिरामी भई आइसोलेसनमा बसेका सक्रिय संक्रमितको संख्या १ हजार २ सय ५५ रहेको जनाइएको छ ।
झापामा कोरोनाका कारण हालसम्म १ सय १३ जनाको मृत्यु भएको छ । हालसम्म ३३ हजार १ सय ३५ जनाको पीसीआर गरिएको जनाइएको छ ।






